
बाबुराम खनाल
‘पण्डित मुक्तिनाथ गुरुले संसदमा पोखरालाई राजधानीको प्रस्ताव गर्नुभएको थियो ।’-जोर्ज जोन
विसं २०१३ सालमा भारतीय पर्यटकको रूपमा नेपाल आएका जोर्ज जोनले काठमाडौंको कुनै पत्रिकामा उपर्युक्त समाचार पढेछन् । उनलाई पोखराको बारे खासै थाहा पनि थिएन । मनोनयनको कोटाबाट संसद्को माथिल्लो सदन राष्ट्रियसभाका सदस्य मुक्तिनाथ तिम्सिनाले संसद्मा उठाउनुभएको विषय पर्यटकीय राजधानी नै सही आज चरितार्थ भएको छ । सार्वभौम संसदमा विसं २०१६ को प्रस्तावले आज २०८० सालमा मूर्तरूप पाएको छ । प्रस्ताव गर्ने मुक्तिनाथ भविष्यद्रष्टा त भए नै, घुम्न आएको लक्काजवान ठिटोले त्यो प्रसंग कोट्यादिनु हामी सबैलाई गौरव लाग्ने विषय बन्यो । नेपालको शैक्षिक परिवर्तनमा अतुलनीय योगदान गरेका प्रख्यात जोर्ज जोनप्रति कृतज्ञता जाहेर गर्दै बहुमुखी प्रतिभाका धनी एवं कुशल राजनीतिज्ञ पण्डित मुक्तिनाथको स्मृतिदिवस सन्दर्भमा उहाँको राजनीतिक पाटोलाई आज छोट्करीमा उल्लेख गरिएको छ ।
चाहे जातको होस्, चाहे धर्मको होस्, चाहे मानव सद्भावको कुनै विषय होस् उनी खरो उत्रिन्थे । अरूहरू लेखेर बोकेर समानताको दर्प छाँट्थे तर मुक्तिनाथ व्यवहारमै उत्रिन्थे । जे सोच्थे त्यो गर्थे, जे बोल्यो त्यही गर्थे ।
हलो जोतेबापत प्रक्राउ पुर्जी भएको थाहा पाउने बित्तिकै ३० वर्षे शिक्षित मुक्तिनाथ भारतको वनारस पुगे । संयोगले उनी नेपाली राष्ट्रिय कांग्रेसको भेलामा पुगे । कांग्रेस नेता एवं पूर्वसभामुख तारानाथ रानाभाटका अनुसार मुक्तिनाथ कास्कीकै पहिलो कांग्रेस हुन् । त्यसलाई छल्न उनी भारत पसे । अर्को अवसर मिल्यो । उनी नेपाली राष्ट्रिय कांग्रेसको भेलामा पुगे । बीपीहरूको संगतमा मात्र पुगेनन्, कांग्रेसको नेतासमेत बने । नेपाली कांग्रेसका नेता एवम् पूर्वसभामुख तारानाथा रानाभाटका अनुसार मुक्तिनाथ नेपालका सीमित क्रान्तिनायकहरूमध्ये एक हुन् । पहिलो कास्केली कांग्रेसको परिचय बनाएर राणा शासनविरुद्ध विभिन्न मोर्चामा रहेर संघर्ष गरे । जनसरकारको गभर्नर बने । क्रान्तियोद्धा मीनबहादुर गुरुङ र उनी दुवैजना जनसरकारको प्रमुख बनेको देखिन्छ ।
समानताका सबै मोर्चाहरूबाट अन्धविश्वास बेथिति र विकृतिलाई चोटिलो प्रहार दिन सक्ने बहुअत्यामिक नेता मुक्तिनाथले आफ्नो मस्तिष्कको ड्राइभिङ सिटमा राजनीतिलाई राखेको विद्वान् कांग्रेस नेता नरहरि आचार्यको ठम्याइ छ । चमकदार पृष्ठभूमिका मुक्तिनाथले जीवनलाई समग्रतामा बुझ्नुमात्र नै उनको जीवनको उपलब्धि देखिन्छ । २००७ को परिवर्तनपछिको अस्थिर अवस्थामा पनि लेखनलगायतका काम गरेर गाउँ, समाजमा पूर्वाधारका कामको नेतृत्व गरेर क्रियाशील भई नै रहेको मुक्तिनाथ स्मृतिग्रन्थले बताउँछ । त्यसो त पार्टीका सबै गतिविधिहरूमा सक्रिय सहभागिता जनाएकै हो । राजनीति धेरैले गर्छन् । तर मुक्तिनाथको राजनीति सेवा र समतामूलक समाज निर्माणका खातिर संघर्ष, सामाजिक संघर्ष र आन्दोलन मुक्तिनाथको जीवनभरि चल्यो ।
बराबरीको आन्दोलन उनको जीवनको अभिन्न अंग बन्यो । चाहे जातको होस्, चाहे धर्मको होस्, चाहे मानवसद्भावको कुनै विषय होस् उनी खरो उत्रिन्थे । अरूहरू लेखेर बोकेर समानताको दर्प छाँट्थे तर मुक्तिनाथ व्यवहारमै उत्रिन्थे । जे सोच्थे त्यो गर्थे, जे बोल्यो त्यही गर्थे । उनको जीवन पढ्दा लाग्छ-यो संसारको सबैभन्दा ठूलो सुधार केन्द्र मान्छेको मन हो । त्यही केन्द्रले मान्छेको विचार निर्माण गर्छ । उनको विराट व्यक्तित्व बनेको मौलिक वैचारिकीले हो । यही जगमा उनले आफ्नो समुदायलाई जीवान्त बनाउने नेतृत्व गरे । विद्यालय स्थापना गर्नु, सामाजिक संघसंस्था निर्माण उनको जीवन-अभियान थियो । महान् बन्ने मान्छे जतिसुकै पनि तल झर्न सक्छ र जान्दछ । अर्कोतर्फ महान् बन्नेले उचाइको रहर गर्दैन ।
त्यसै कारण मुक्तिनाथले सामुदायिक उचाइको रहर चाँहि गरे । मान्छेको योग्याता सबै मान्छेलाई बराबरी हैसियत दिनु हो । मरे भाइचाराको बोली र कर्मलाई विश्वदृष्टिकोणको रूपमा चर्चा गर्नु अन्यथा हुँदैन । आजभन्दा असी वर्षअघिको त्यो व्यवहार ! विश्वव्यापी रूपमा आज पनि उत्तिकै उपयोगी छ । धेरै होस् या थोरै आज पनि संसारभरि भेद्भाव भइरहेको सुन्नु, पढ्नु र देख्नुपर्छ । सायद मुक्तिनाथ जस्तै रोलीअनुसारको आचरण गर्ने प्रत्येक अञ्चलमा एक-एकजना भइदिएको भए प्रजातन्त्र अपहरित नहुन पनि सक्थ्यो । लोकतन्त्र भनेको लोकतन्त्रवादी झुपडीमा न्याय दिन जानु हो । झुपडीमा कहिल्यै नपुग्ने लोकतन्त्र लोकतन्त्र नै होइन, त्यो मनपरीतन्त्र हो ।
उनको कर्मबाट बुझिन्छ कि व्यक्तिले सामाजिक युद्ध हारेर समाजमा जहिले जित्छ भने त्यो जित हो । मुक्तिनाथले हारलाई छाडेर गएको मुक्तिनाथ, विचार नेपालको सन्दर्भमा मौलिक विचार हो । हाम्रो दश वर्षको द्वन्द्वबाट सत्र हजारको मृत्युले ल्याएको लोकतान्त्रिक गणतन्त्र सत्रजना मुक्तिनाथले स्थापितमात्र होइन संस्थागत गरिरहेका हुन्थे । प्रतिसीमावादीहरू पनि आजसम्म ‘ट्रयाक’मा आइसकेका हुन्थे । बीपी कोइराला भन्ने गर्थे-साधारण व्यक्तिले साधारण काम इमानदारीपूर्वक लगातार गरिरहन्छ भने सो काम र व्यक्ति असाधारण हुन्छ । मुक्तिनाथ त असाधारण नै थिए । विसं २०२१ भदौ १ गते सहभोजका रूपमा दलितलाई भान्से बनाउन सक्ने मुक्तिनाथको भात–पानी काढियो ।
नौलो त के छ भने उनको भात-पानी चलाउन बडाहाकिमले त्यस्तै सहभोजको आयोजना नै गरे । राजनीति पीडित भनेर राज्यले दिएको जग्गा कटौती गरेर विद्यालयलाई प्रदान गरे । मुक्तिले मोफसलमा सार्वजनिक जीवन बाँचेर विश्वभाइचाराको आन्दोलन चलाए । रुखो-सुखो खाएर राष्ट्रलाई एजेण्डा आफंै जलेर दृष्टान्तसहित राष्ट्रलाई एजेण्डा दिएका मुक्तिनाथले कसैसँग केही मागेनन् । उनले चाहेको भए प्रजातन्त्र हटाएर महेन्द्रसँग जुनसुकै प्रकारको पदशक्ति पाउन सक्थे तर उनले कोहसँग सम्झौता गरेनन् । सामुदायिक विद्यालयको साधारण शिक्षक भएर परिवारको भरण–पोषण गरे । एउटा राजनीतिज्ञ समुदायमा जति घुलमिल हुुनुपर्ने हो त्यति हुनसके । आफ्नो मष्तिष्कले निर्देशित गरेका कार्यहरू गरेर नै जीवनलाई सार्थकता दिन सके ।
पञ्चायत कालमा खास गरी जनमत संग्रहपछि केही पञ्चहरूले राजधानीको विकल्पको कुरा अधिवेशनमा उठाउने गरेको याद छ तर प्रथम जननिर्वाचित संसदमै महासभा सदस्यको हैसियतले पोखरालाई वैकल्पिक राजधानीको प्रस्ताव पं.मुक्तिनाथ तिम्सिनाले गरिसकेका रहेछन् । पोखरा न्यायका हिसाबले सायद केन्द्रमा पर्छ । प्रकृतिले मनोरम बनेको पोखरा संस्कृतिले पनि सम्पन्नशाली छ । पर्यावरणीय दृष्टिकोणले पनि पोखरा उपयुक्त छ । यस क्षेत्रको सांग्रिला बुझेको कारणले मुक्तिनाथले राजधानीको सपना देखे । संघीयताले गण्डकी प्रदेशको सदरमुकाम (राजधानी) त बन्यो नै, पर्यटकीय राजधानी परिचय पोखराले पायो । यो उनको दूरदर्शी सपना थियो ।
विगतको विद्रोह चेतनाको थियो कि उत्तेजनाको परिणाम थियो । यसको छिनोफानो गर्न विलम्ब गरिनुहुँदैन । शान्ति प्रक्रियाका सबै काम राष्ट्रिय सहमतिका आचारण टुंग्याएर ज्यादातिलाई दण्डित गरिनुपर्छ । तर, त्यो काममा हालको राजनीतिक व्यवस्थापक र यिनको प्रवृत्तिले समाधान दिँदैन ।
राजधानी घोषणा त भयो तर पूर्वाधारका कामहरू अनगिन्ति छन् । पूर्वाधार निर्माणमा नागरिक परिचालन प्रमुख हो । त्यसका लागि सार्वजनिक विश्वास आर्जन गर्न सक्नुपर्छ । विश्वास आर्जन गर्न सामाजिक न्यायसहितको सामूहिक सपना देखाएर जनसहभागिता जुटाउनुपर्छ । शिक्षाको विकास भएको छ भनिन्छ । उच्च कोटीका बौद्धिकहरू पनि बाक्लै छन् भनिन्छ । उच्च कोटीको बुद्धिले मानिसलाई सामाजिकभन्दा असामाजिक बनाउँदै त छैन ? निजी सपनाले राष्ट्र बन्दैन । मुक्तिनाथजस्तै जनसाधारण भएर महानिर्माण अभियान जगाउन सकेमात्र निर्णय सार्थक हुने हो सुशासनको भाषण सुन्दै र सुनाउँदै कुशासनतर्फ मुलुक फस्दै गएको छ ।
विगतको विद्रोह चेतनाको थियो कि उत्तेजनाको परिणाम थियो । यसको छिनोफानो गर्न विलम्ब गरिनुहुँदैन । शान्ति प्रक्रियाका सबै काम राष्ट्रिय सहमतिका आचारण टुंग्याएर ज्यादातिलाई दण्डित गरिनुपर्छ । तर, त्यो काममा हालको राजनीतिक व्यवस्थापक र यिनको प्रवृत्तिले समाधान दिँदैन । सिंहदरबारमा तस्वीर झुण्ड्याएका आधा दर्जन तथाकाथित राजनेताहरूको पूर्णविराम खोज्नुपर्छ । कुनै उमेरसम्म धक्कामुक्का स्वाभाविक हो तर मैदान पुगेको खोलाले हल गरेको किमार्थ सुहाउँदैन । यिनीहरूको जीवनशैली नेपालीले धान्न नसक्ने अवस्थामा पुगेको छ । नेताहरूको जीवन जति महँगो, जति खर्चिलो, जति भड्किलो भयो त्यति नै मुलुकमा गरिबी बढ्छ ।
हाम्रो मुलुकमा ठूला कुर्सीमा साना मान्छे बस्छन् । राष्ट्रनिर्माणको महाअभियानमा आमनागरिकलाई नेतृत्व दिनुपर्ने कार्यकारी प्रमुख मतदाताहरूलाई लात्ति उचाल्छन् । बाँचुन्जेल उथल-पुथल ल्याइराख्छु भन्छन् । बोल्दा धेरै ठाउँमा अहंकार देखाउँदै भन्छन्- धेरै पढ्ने मान्छे बहुलाउँछन् । विचारको संकट गहिरिँदै गएको अहिले चरम राजनीतिक अस्थिरता देखिँदै जाँदैछ । समस्या त यो छ कि यथार्थता स्वीकार गरिएको छैन । जब परिस्थितिको वास्तविकता र यथार्थता स्वीकार गरिँदैन, तब समस्याहरू थपिँदै जान्छन् ।
जटिल समस्याको समाधान कुनै पनि राजनीतिक दलको नेतृत्व पण्डित मुक्तिनाथले गर्न सक्दैन । कार्यकर्ता पण्डित मुक्तिनाथले आन्दोलनको अभियानबाट हालको नेतृत्व पण्डित मुक्तिनाथलाई विस्थापित गर्नैपर्छ । सबै राजनीतिक दलहरूको संघर्ष र आन्दोलनहरू सञ्चालन गर्दा जुन त्याग र बलिदानी देखाउँथे, अब त्यही अवस्थामा पुग्न सकेमात्र जनमुखी राजनीति स्थापितहुन सक्छ, अन्यथा असफल राष्ट्र घोषित हुन धेरै वर्ष कुर्नुपर्दैन । सुन्दर नेपाल र समृद्ध नेपालीको सपना देखेर परिवर्तनको सपना देख्ने मुक्तिनाथ र पहिलो पुस्ताका क्रान्तिकारी राजनीतिज्ञप्रति शब्दश्रद्धाञ्जलि ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच