काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी विवादका कारण आफूमा तनाव उत्पन्न भएको बताउनु भएको छ ।
पार्टीको बैठकमा भएको कुटाकुटबारे आज पत्रकारहरूसँग कुरा गर्दै संरक्षक चौधरीले यस्तो गुनासाे पाेख्नुभएकाे हो।
चौधरीले तीन महिनादेखि आफूले खाना नखाएको बताउँदै उहाँले आफूलाई आत्महत्या गर्ने परिस्थितिसम्म पुर्याइसकेको गुनासो गर्नुभयो । केन्द्रीय समितिको निर्णयसमेत नेताहरुले नमानेर पदलोलुप्ता देखाएको उहाँले बताउनु भयो ।
आगामी २३ र २४ गते बस्ने पार्टीको बैठकले गलत गर्नेलाई कारबाही गरेर पार्टीले शुद्धिकरण गरिने समेत उहाँले बताउनु भयो ।
'अब २३ र २४ गतेको बैठकले कारबाही गर्छ । सम्झौता भयो भने पार्टी मिलाउने हो, नत्र छानिछानी कारबाही गर्ने जसले गल्ती गर्यो उ कारबाहीमा पर्यो ।' उहाँले भन्नभयो ।
अहिलेको सरकारले आफ्नो पार्टीमाथि हस्तक्षेप गरेको उहाँले आरोप थियाे ।
अहिलेको सरकारले आफ्नो पार्टी चलाइरहेको आरोप लगाउँदै उहाँले भन्नुभयो , 'अर्काको इशारामा किन चल्ने ? केन्द्रीय समितिबाट निर्णय गरेर जाऊँ भनेको हो । २३ र २४ गतेसम्म यथास्थितिमा चल्छ । त्यसपछि केन्द्रीय समितिले गरेको निर्णय स्वीकार गर्छौँ ।'
नाउपाका संरक्षक चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको विवादका कारण नेताहरु बीच आज कुटपिट समेत भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई समर्थन गर्नेरनगर्ने विषयमा शुरू भएको विवाद कुटाकुटको अवस्थामा पुगेको हो ।
अध्यक्ष रञ्जिता पक्षका केन्द्रीय सदस्य रमेश विश्वकर्माले पत्रकार सम्मेलन गरेरै रेशम चौधरीले आफूहरूमाथि भौतिक आक्रमण र ज्यान मार्नेसम्मको धम्की दिएको बताउनु भएको थियो । विश्वकर्माले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर रेशम चौधरीका कार्यकर्ताले आफूमाथि आक्रमण गरेको आरोप लगाउनु भयो ।
विश्वकर्माले आफूहरूमाथि आक्रमणको खतरा रहेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण समेत गराउनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच