भोजपुर । कोशी प्रदेश दोश्रो आवधिक योजना (२०८१/०८२ –२०८५/०८६) तर्जुमा सुझाव संकलन गोष्ठी मंगलवार भोजपुर सदरमुकाममा संचालन भएको छ ।
‘सुशासित, खुशी र समुन्नत प्रदेश’ भन्ने नाराका साथ प्रदेश योजना आयोगले प्रदेश भित्रका जिल्लाहरुमा जिल्ला स्तरीय सुझाव संकलन गोष्ठी सुरु गरेको हो ।
भोजपुरसहित ९ वटा जिल्लामा सुझाव संकलन कार्य सकिएको छ । स्थानीय पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, नागरिक समाज, पत्रकार, प्राध्यापक, ब्यवसायी लगायतको सहभागितामा योजना आयोगले भोजपुरमा पनि सुझाव संकलन गरेको हो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रथम आवधिक योजनाको सोच र समष्टिगत लक्ष्यका बिषय बस्तुमा प्राध्यापक डा. केशवकुमार गडतौलाले प्रस्तुतीकरण गर्नु भएको थियो भने आयोगका शाखा अधिकृत त्रिलोचन न्यौपानेले प्रदेश योजना बैक र योजना मागका बिषयमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।
योजना आयोगका सचिव मिमाम्स अधिकारीले स्थानीय स्तरबाट नै जिल्लाका समस्या र योजनाहरु संकलन गरी योजनामा समावेश गर्ने उद्धेश्यका साथ जिल्ला स्तरीय सुझाव संकलन कार्य सुरु गरिएको बताउनुभयो । जिल्ला तहका सुझाव संकलन कार्य पछि त्रिभुवन बिश्वबिद्यालय डिग्री क्याम्पस बिराटनगरको सहयोगमा दस्तावेज लेखनको कार्य सुरु हुने सचिव अधिकारीले जानकारी दिनुभयो ।
आवधिक योजना निर्माणमा डिग्री क्याम्पसले सहयोगी संस्थाकारुपमा कार्य गर्ने छ । प्राध्यापक डा. प्रमोद कुमार झाले जनमुखी, बिकासमुखी र जनताको चाहना अनुरुपका योजनाहरु छनौट गर्न जिल्ला तहमा हुने सुझाव संकलन प्रभावकारी हुने बताउनुभयो ।
सिंहदरवारले बनाउने योजनाहरुले तल्लो तहलाई नसमेटने भएकाले स्थानीय स्तरबाट नै संकलन गरिएका योजनाहरु तर्जुकाक्रममा समेटनु पर्ने प्राध्यापक डा. झाको भनाई रहेको छ ।
प्राप्त सुझावहरु समेटेर योजनालाई अन्तिमरुप दिइने र सोका आधारमा प्रदेशको विशेषता झल्किने योजना बनाइने कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले बताउनुभयो ।
दोश्रो आवधिक योजनाको रणनीतिमा प्रदेशको संरचनात्मक अवरोध पहिचान गरी रुपान्तरण, उत्पादन तथा उत्पादकत्व अभिबृद्धि मार्फत रोजगारी सृजना गरी फराकिलो आर्थिक बृद्धि हासिल गराउने, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता आधारभुत सेवाहरुको गुणस्तरमा सुधार गर्ने, पहाडी तथा हिमाली जिल्लाहरुबाट हुने बसाई सराईकोक्रम रोक्न शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँच बढाउने जस्ता कुराहरु समावेश गरिएको छ ।
सहभागीहरुले शिक्षा र स्वास्थ्य क्षेत्र प्रभावकारी हुन नसकेको, तोकिएको समयमा योजनाहरु पुरा नभएको, कृषिमा पकेट क्षेत्र घोषणा, पर्यटन गन्तब्य सुचीमा रहेको मुन्दुम पदमार्गलाई प्राथमिकता, बाँदर आतंकका कारण पनि बसाई सर्नेक्रम बढेकाले त्यसको नियन्त्रण, साना तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन हुने कार्यक्रम, भोजपुरमा पनि तामा तथा फलाम खानीहरु रहेकाले त्यसको उत्खन्नका लागि योजना, अर्गानिक खेतीलाई प्रोत्साहन, बाली बिमाको ब्यवस्था, भाषा सम्वन्धी विद्यालयहरुको स्थापना, ज्येष्ठ नागरिकहरुको ज्ञान सिप बुझ्न गाउँगाउँमा क्लवहरुको स्थापना, भुगोल अनुसारको नीति नियम, उद्योग संचालनका लागि बाधक देखिएका नीति तथा ऐनहरु परिमार्जन, विद्यालय स्तरमा सीप मुलक शिक्षाका साथै पालिका स्तरका केही बिद्यालयहरुमा पढदै कमाउँदै कार्यक्रम संचालन, उत्पादनमा अनुदान, युवा मैत्री कार्यक्रम जस्ता कुराहरु सुधारमा सुधार गर्न जरुरी रहेको बताउँदै सोही अनुरुपका कार्यक्रमहरु प्रदेश योजना आयोगले समेटन जरुरी रहेको सुझाव दिनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच