काठमाडौं । चलचित्र ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको दुई मिनेट १४ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । ट्रेलरले विदेशबाट आएको शवको कफिन ‘पिकअप भ्यान’मा लिएर गन्तव्यसम्म पु¥याउने पात्रलाई पछ्याएको छ । ट्रेलरमा चलचित्रका कलाकार विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठलगायतलाई समेटिएको छ । ट्रेलर हेर्दा फिल्मले वैदेशिक रोजगारीको पीडा बोल्ने अनुमान गर्न सकिन्छ ।
भेनिस फिल्म फेष्टिभलमा दुई-दुईवटा अवार्ड जित्न सफल ‘द रेड सुटकेस’ फिडेल देवकोटाको लेखन तथा निर्देशनमा तयार भएको हो । सौगात, विपीन र सृष्टि श्रेष्ठको अलवा चलचित्रमा प्रवीण खतिवडाको अभिनय छ ।
आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको चलचित्रलाई सुशन प्रजापतिको छायांकन र समन अलभितिगाको सम्पादन छ । श्रीलंकामा प्राविधिक काम गरिएको चलचित्रमा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सहनिर्माताको हुनुहुन्छ ।
गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको चलचित्रले त्यही फेष्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेष्टिभल, स्विजरल्याण्डको जुरिच फिल्म फेष्टिभल, भारतको मुम्बई फिल्म फेष्टिभल आदि फेष्टिभलमा प्रदर्शन गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच