
काठमाडौं । भारतमा चलिरहेको एसएमएस फ्रेण्डसिप कप टी-२० क्रिकेट शृंखलामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । बुधबार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको हो । जितसँगै नेपालले अन्तिम खेलअघि फाइनलमा स्थान पक्का गरेको छ ।
नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रनमात्रै बनाउन सक्यो ।
यसअघि गुजरातको वापीमा रहेको साई मेघपन मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । नेपालका आसिफ शेखले ८५, कुशल भुर्तेलले ६७ रन बनाउनुभयो । कुशल र आसिफले पहिलो विकेटका लागि १२५ रनको साझेदारी गर्नुभयोे । बलिङतर्फ गुजरातका जयमीत पटेलले ३ विकेट लिनुभयो । प्रतियोगितामा शुक्रबार नेपाल र बरोडाबीच खेल हुनेछ ।
मंगलबार भएको खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । टी-२० क्रिकेट शृंखलाको फाइनल खेल आउँदो २५ गते आइतबार हुनेछ । नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ । टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इण्डिजमा हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच