
काठमाडौं । जापान र नेपालका व्यवसायीले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् । एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिटेन्स तथा आइएमईको संयुक्त आयोजनामा भएको दोस्रो जापान-नेपाल शैक्षिक तथा औद्योगिक व्यापार अन्तरक्रियामा जापानमा उपलब्ध अवसर उपयोग गर्ने विषयमा छलफल भएको हो । कार्यक्रममा टोकियोस्थित नेपाली दूतावास, फुकुओका अवैतनिक वाणिज्य दूतावास, मोरिकोसान कम्पनी, ओसाका पर्यटन ब्युरो, मानव संसाधन विकास र एसिया औद्योगिक व्यापार निर्माण प्लेटफर्म, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्युरो, ओसाका चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री, ओसाका बिजनेस डेभलपमेन्ट एजेन्सी, स्टडी अब्रोड कन्सोर्टियम ओसाका, क्लब हाउस ग्लोबल रिपब्लिक, नान्काइ रेल्वे कम्पनीलगायतको सहभागिता थियो । अनलाइन र प्रत्यक्ष उपस्थितिमा भएको छलफल कार्यक्रममा जापानबाट ९५ र नेपालबाट ६० भन्दा बढी कम्पनी सहभागी भएका आयोजकले जनाएको छ ।
जापानतर्फबाट एरु एकेडेमीका अध्यक्ष केइइची हासेगावा र माकोतो साकिमुरा, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्युरोका प्रोजेक्ट म्यानेजर हागीहारा दाइसाकुले सम्बोधन गरेका थिए भने नेपालतर्फबाट नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, आइएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले सम्बोधन गर्नुभएको थियो । दुर्ई चरणमा गरिएको कार्यक्रमको पहिलो चरणमा जापान-नेपाल सम्बन्ध, जापानको श्रम बजारमा बढ्दो नेपाली कामदार माग र आपूर्तिबारेमा छलफल भएको थियो । त्यसैगरी पछिल्लो समय आक्रामकरूपमा बढिरहेको नेपालीहरूको जनसंख्यासँगै आउने सम्भावित समस्या समाधानका लागि लागि चाल्नुपर्ने कदमलगायतका विषयमा वक्ताहरूले ध्यानाकर्षण गराएका थिए । दोस्रो सत्रमा नेपालबाट अनलाइनमार्फत् सहभागी कम्पनीलाई जापानमा विविध क्षेत्रमा नेपाली जनशक्ति भित्र्याउन चाहने कम्पनीसँगै व्यावसायिकरूपमा जोड्न सहयोग गर्ने विषयमा केन्द्रित थियो ।
पर्यटन, होटल, रेस्टुरेन्ट उद्योग, दक्ष जनशक्ति, सूचना प्रविधि, उत्पादन उद्योग, घरजग्गा व्यवसाय तथा मानव संसाधन जस्ता विभिन्न ग्रुपमा विभाजन गरी परिचयात्मक अन्तरक्रियाका साथै नेपालबाट जापानमा विद्यार्थीलगायत विविध क्षेत्रका कामदार पठाउन चाहने र नेपालको विभिन्न क्षेत्रमा व्यवसाय प्रवद्र्धन तथा अभिवृद्धि गर्न चाहने जापानिज कम्पनीलाई व्यावसायिक छलफल र व्यापारिक साझेदारीको सम्भावनालगायतका विषयमा अन्तरक्रिया गराइएको थियो ।
जापानका लागि नेपाली राजदूत सुवेदीले दुर्ई देशबीचको लामो दौंत्य सम्बन्धको चर्चा गर्दै कार्यक्रममार्फत् नेपाल र जापानको व्यापार व्यवसाय प्रवर्द्धनमा र जापानी लगानीकर्तालाई नेपालमा लगानीका लागि सक्दो सहयोग गर्न सदैव तत्पर रहेको बताउनुभयो ।
आइएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले जापानले नेपालबाट भाषा विद्यार्थी, सामान्य कामदारमात्रै नभएर सूचना प्रविधिलगायतका क्षेत्रमा दक्ष जनशक्ति लिन सक्ने भएकाले त्यसतर्फ प्रयास गरिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी नेपालमा ठूला परियोजनामा वैदेशिक लगानी माग रहेकाले नेपालमा लगानी गर्न पनि प्रबन्ध निर्देशक ढकालले जापानी कम्पनीहरूलाई आग्रह गर्नुभयो ।
अप्रिलमा आयोजना हुन गइरहेको नेपाल लगानी सम्मेलन २०२४ मा सहभागिताका लागिसमेत उहाँले जापानी लगानीकर्तालाई आग्रह गर्नु भयो । एरु एकेडेमीका अध्यक्ष केइइची हासेगावाले दुई देशबीचको लगानी सम्बन्ध मजबुत बनाउन छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रमलाई सन्देशमार्फत् क्योउदाइ रेमिट्यान्सका अध्यक्ष तथा नेपाली दूतावास जापान फुकुओकाका वाणिज्यदूत किमोतो युइचिरोले नेपालसँगको लामो व्यावसायिक सहकार्य बढाउन तत्पर रहेको बताउनुभयो । एरु एकेडेमीका प्रमुख म्यानेजर निशिमुरा कोउजिले प्रत्यक्ष र अनलाइनमार्फत् जोडिएका जापानी कम्पनीलाई नेपालबाट सहभागी भएका कुनै कम्पनी या निकायसँगै जोडिएर काम गर्न सहजीकरण र सहयोग गरिने जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच