काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पूर्वसैनिक संगठनले अवकाश प्राप्त सुरक्षाकर्मीहरूको जीवनस्तर सुधार गर्न चैत २५ गते आन्दोलन गर्ने भएको छ । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी संगठनले आन्दोलनको घोषणा गरेको हो ।
पत्रकार सम्मेलनका क्रममा राष्ट्रिय प्रजातान्त्रिक भूपू सैनिक संगठनका अध्यक्ष प्रकाशजंग कार्कीले राष्ट्रिय एकता, गतिशील नेपाल र अवकाश प्राप्त सुरक्षाकर्मीहरूको जीवनस्तर सुधार गर्न बृहत् सद्भाव ¥याली निकाल्ने बताउनुभयो । उहाँले ¥याली चैत २५ गते भृकुटीमण्डपबाट निकालिने बताउनुभयो । ¥यालीको लक्ष्य अभिभावकीय राजसंस्था र विश्वमा एकमात्र हिन्दु राष्ट्रको पहिचान, वैदिक सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्र, विकृति पूर्ण संवैधानिक व्यवस्थाको खारेजीका लागि रहने उहाँले जानकारी दिनुभयो ।
प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेजी, बहुदलीय प्रजातन्त्र, विकृति पूर्ण संवैधानिक व्यवस्थाको खारेजीका लागि आफूले आन्दोलन गर्न लागेको उहाँको भनाइ थियो । उहाँले अवकाश प्राप्त सुरक्षाकर्मीको पहिचान, स्वस्थ्य बीमासहित निःशुल्क स्वस्थ्य सुविधा, विभिन्न निकायमा अवकाश प्राप्तहरूको हकहितका लागि आवाज उठाउने प्रतिनिधित्व, देशले नागरिकहरूमा दिएको सुविधामा भएको विभेदको अन्त्य, अन्य देशको सेनामा सेवा गरेका अवकाश प्राप्तहरूको हकहित प्राप्तिका लागि आन्दोलन गर्ने पनि बताउनुभयो ।
उहाँले संविधान संशोधनका लागि नागरिकहरूले दलहरूलाई दबाब सिर्जना गर्नसके शान्ति पूर्ण र दीर्घकालीन समाधान देशले पाउनुका साथै राष्ट्र र राष्ट्रियता दह्रो हुने बताउनुभयो ।राष्ट्र र राष्ट्रियता बढी खतरामा परेको महसुस गरी विगत दुई वर्षदेखि यो संगठनलाई सक्रिय बनाइएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठन नेपालको संविधान अनुसार राष्ट्रवादी भावनाहरूलाई समेट्ने उद्देश्यले स्थापना भई निर्वाचन आयोगमा दल दर्तासमेत गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन (जनवर्गीय संगठन) हो । यो संगठन हाल देशका ४४ जिल्लाहरूमा विस्तार गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच