
झापा । खुकुरी प्रहार गरी झापामा एकजना शिक्षिकाको हत्या भएकाे छ ।
दिव्यज्योति मावि राजगढकी शिक्षिका ममसरी राजवंशीको घरमा नै हत्या भएको हो । ३३ वर्षीया ममसरीको घर बाह्रदशी गाउँपालिका - १ राजगढमा रहेको प्रहरीले जनाएको छ।
ममसरीको उनकै श्रीमान देवनारायण राजवंशीले बिहीबार हत्या गरेका हुन् । बाह्रदशी -१ का ३३ वर्षीय देवनारायण चारदिन अघिमात्रै विदेशबाट घर फर्किएका थिए। देवनारायण खुकुरीसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय राजगढका सई राजेन्द्र शर्माले बताउनुभयो ।
देवनारायण वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । आफू विदेशमा हुँदा श्रीमतीले अर्कै व्यक्तिसँग शारीरिक सम्बन्ध रहेकाे आराेपमा उनीहरु बीच विवाद भएको थियो । सोही झोँकमा देवनारायणले ममसरीको घाँटीमा खुकुरी प्रहार गरेकाे प्रहरीकाे प्रारम्भीक अनुसन्धानबाट खुलेकाे छ । य
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच