‘प्रेरणादायी महिलाहरू’ लोकार्पण

Read Time = 2 mins

काठमाडौं । विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने २४ महिलाका जीवनी पुस्तक ‘प्रेरणादायी महिलाहरू’ सार्वजनिक भएको छ । मोतिदेवी स्मृति केन्द्रले ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उक्त कृति नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकार्पण गर्नुभएको हो ।

अध्यक्ष ओलीले साधना, संकल्प र तपस्याबाट देशका लागि योगदान दिएका महिलाका बारेमा जीवनी तयार हुनु र विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

सो अवसरमा सञ्चार क्षेत्रमा योगदान पु¥याउनभएकी कृष्णा ताम्राकार, सामाजसेवी सावित्री थापा, शिक्षामा उल्लेखनीय भूमिका निर्वाह गर्ने निरकेशरी श्रेष्ठ, नृत्य क्षेत्रमा वेटी बज्राचार्य, पर्वतारोहणमा लाक्पा फुटी शेर्पा र राजनीतिमा सुशीला श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यस्तै राजनीति, सामाजिक परिवर्तनमा निलम केसी तथा गौरा प्रसाईं, चित्रकलामा निलम ताम्राकार र खेलकुदमा सुनमाया बुढालाई सम्मान अर्पण गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?