
काठमाडौं । मण्डिखाटार फस्ट एमेच्योर टेनिस प्रतियोगितामा ३५ वर्ष उमेर समूहको डबल्समा देव क्षेत्री र दीप जंगबहादुर राणाको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ । मण्डिखाटार टेनिस कोर्टमा बुधबार भएको प्रतिस्पर्धामा देव र दीपको जोडीले राजेन्द्र भट्ट र नवाङ लामाको जोडीलाई ६-१, ६-१ को स्कोरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
त्यस्तै, निमा लामा र विभु कायस्थको जोडीले राजु श्रेष्ठ र डिगेन्द्र श्रेष्ठको जोडीलाई पराजित गर्दै अन्तिम चारमा स्थान प्रवेश गरेको छ । पन्त र ब्रिजेश लाकोल तथा सिमान्त गुरुङ र भीष्म गुरुङले पनि अन्तिम चारमा स्थान पक्का गर्नुभयोे ।
५५ वर्षमाथिको सिंगल्समा विमलकुमार गुरुङ क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ । उहाँले ऋषिराम पण्डितलाई ६-१ र ६-४ को सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गर्नुभयोे । यसैगरी सिंगल्सतर्फ मनोजबिक्रम शाहले सुशील पाण्डेलाई ६-१ र ६-१ को सेटमा स्तब्ध बनाउँदै अन्तिम आठको यात्रा तय गर्नुभएको थियो । यही समूहअन्तर्गत निरञ्जन श्रेष्ठले वाकओभर पाउँदै क्वाटरफाइनलको स्थान पक्का गर्नुभएको थियो । त्यस्तै, विनोद कायस्थले बाबुकुमार कार्कीलाई ६-१, ६-१ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गर्नुभयो ।
त्यस्तै, ४५ वर्षमाथिको सिंगल्समा महेश श्रेष्ठ वाकओभर पाउँदै अन्तिम आठमा पुग्दा सञ्जीवकुमार श्रेष्ठले मेघेन्द्रप्रकाश गिरीलाई ७-५, २-६ र १०-३ को स्कोरमा पराजित गरेर अन्तिम आठमा स्थान बनाउनुभएको हो । त्यसैगरी यो उमेर समूहको सिंगल्समा प्रदीप शाहले महादेव भण्डारीलाई पराजित गर्दा यज्ञबहादुर भण्डारीले हेमराज ढकालको अगाडिको यात्रामा पूर्णविराम लगाउनुभयो । त्यस्तै, ४५ वर्षकै सिंगल्समा आशिष सिग्देल, युवराज थापा, गोपी भट्टराई, सूर्य गिरीले अन्तिम आठको यात्रा तय गर्नुभएको छ ।
४५ वर्षमाथिको डबल्समा निमा लामा र आशिष सिंग्देलले अन्तिम आठमा स्थान बनाउनुभएको छ । उहाँहरूले राजु गुरुङ र महेश स्वारलाई ६-१ र ६-२ को स्कोरमा पराजित गर्नुभएको थियो ।
अण्डर ३५ वर्ष उमेर समूहमा प्रथम हुने एकल विजेताले २५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले पाँच हजार पुरस्कार पाउनेछन् । अण्डर ४५ वर्ष उमेर समूहतर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले पाँच हजार, अण्डर ५५ वर्ष उमेर समूहमा पनि प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले पाँच हजार पाउनेछन् । यस्तै, ३५ वर्ष उमेर समूहको डबल्समा प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० र तेस्रोलाई १० हजार रुपैयाँको पुरस्कार व्यवस्था गरिएको मण्डिखाटार टेनिस क्लबका अध्यक्ष नवराज कुँवरले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच