
काठमाडौं । अमेरिकामा नेपाली कराँते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित हुनुभएको छ । १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जित्नुभएकी एरिका, युएस ओपन च्याम्पियनसिपमा सहभागी हुन अमेरिका जानुभएका गुरुङ र १०औँ साग गेमका गोल्ड मेडलिस्टसमेत रहनुभएका प्रशिक्षक श्रेष्ठलाई मोमो हाउस हृयुस्टनले १५ सय डलरसहित बिहीबार सम्मान गरेको हो । सम्मान कार्यक्रममा टेक्सासको हृयुस्टनमा बस्ने नेपालीको उपस्थिति थियो ।
गत २८ मार्चदेखि अप्रिल १ सम्म अमेरिकाको टेक्सासमा भएको उक्त प्रतियोगितामा एरिकाले १८ देखि २० वर्ष उमेर समूहमा स्वर्ण र ६८ केजी तौल समूहमा रजत पदक हात पार्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच