कोशी प्रदेश : गयानन्द मण्डलद्वारा कृषि राज्यमन्त्रीकाे शपथ ग्रहण

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डलले कोशी प्रदेश सरकारको राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।

बुधबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष मण्डलले कृषि राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे ।

नेपाली कांग्रेसका नेता समेत रहनुभएका उहाँलाई मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले राज्यमन्त्री नियुक्त गर्नुभएकाे हाे । मण्डल प्रदेशसभामा ज्येष्ठ सदस्य हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?