
काठमाडौं । पूजा पाख्रिनले ‘मिसेस भोग नेपाल’को उपाधि चुम्नुभएको छ । आफ्ना ११ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै ललितपुर, हात्तीवनकी ३२ वर्षीया पाख्रिनले पाख्रिनले मिसेस भोग नेपालको मुकुटसहित नगद पाँच लाख रुपैयाँबराबरको गिफ्ट हृयाम्पर आफ्नो पोल्टामा पार्नुभएको हो ।
यसबाहेक उहाँले कमलपोखरीस्थित जेडी इन्स्टिच्युट अफ फेशन टेक्नोलोजीबाट एक वर्षको फेशन डिजाइनिङ कोर्ष गर्ने मौका पाउनुभएको छ । प्रतियोगितामा उहाँले मिसेस भोग मोस्ट स्टाइलिष्ट तथा मोस्ट फोटोजेनिकको उपाधिसमेत चुम्नुभयो ।
प्रतियोगितामा विभा बस्नेतले कमर्शियल एम्बासडरको उपाधि जित्नुभयो । बस्नेतले पब्लिक च्वाइस अवार्डका साथै मोस्ट पपुलर च्वाइस अवार्डसमेत जित्न सफल हुनुभयो । प्रतियोगितामा आकृति श्रेष्ठले फष्ट रनर्स अपको उपाधि चुम्नुभयो । उहाँले मोस्ट इन्टेलिजेन्टको अवार्डसमेत आफ्नो पोल्टामा पार्नुभयो ।
मनिला लामिछानेले सेकेण्ड रनर्सअपको उपाधि जित्न सफल हुनुभयो । लामिछानेले मिसेस ग्लोइङ स्किन तथा वेष्ट परफर्मेन्सको अवार्ड पनि जित्नुभयो । प्रतियोगिताको टप सेभेनमा मनिला लामिछाने, बिकिता सुवेदी, पूजा पाख्रिन, आकृति श्रेष्ठ, यादिना रजक, विभा बस्नेत तथा मेरिशा सुवाल पुग्न सफल हुनुभएको थियो ।
स्मिथ तामाङद्वारा कोरियोग्राफी गरिएको उक्त प्रतियोगितामा मेरिशा सुवालले मिसेस बोल्ड एण्ड इलिगेन्स, मिना परियारले वेष्ट स्माइल, यादिना रजकले ब्युटि विद द पर्पस, बिकिता सुवेदीले मोस्ट डिसिप्लिन, लक्ष्मी केसीले मोस्ट इनर्जेटिक, रश्मी महर्जनले वेष्ट वाक तथा राधिका चौधरीले वेष्ट पर्सनालिटीको अवार्ड जित्न सफल हुनुभयो ।
आयोजक संस्था हाउस अफ फेशनकी प्रमुख ओशिमा बानुले प्रतिस्पर्धीलाई प्रशिक्षणको पहिलो दिनदेखि नै गरिएको मूल्यांकनको आधारमा विजेता तथा उपविजेताको छनोट गरिएको जानकारी गराउनुभयो । मोस्ट ट्यालेन्ट अवार्डका लागि भने केही समयअघि ट्यालेन्ट शो आयोजना गरिएको थियो । भ्युअर्स च्वाइस अवार्डका लागि खल्ती एपबाट भोटिङ गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच