काठमाडौं । मिस्टर एण्ड मिस नेसनल २०२४ का अन्तिम ३० प्रतियोगी छनोट भएका छन् । बुधबार काठमाडौंमा आयोजित स्यास सेरेमोनीमा सेमी-फाइनलिस्ट सार्वजनिक गरिएको हो । देशका विभिन्न स्थानमा सञ्चालन गरिएको अडिसनमार्फत् प्रतिस्पर्धी छानिएको सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डा. सन्तोष उपाध्यायले बताउनुभयो । स्यास ग्रहण गर्दै प्रतियोगीले आफ्नो परिचय र रुचिबारे बताएका थिए । जसमध्ये धेरैले वातावरण, समाज र स्वास्थ्यमा योगदान गर्ने चाहना व्यक्त गरेका थिए । आयोजकका अनुसार यसपटकको प्रतिस्पर्धामा चिकित्सक, विद्यार्थी, मोडल, राष्ट्रिय खेलाडीलगायतका पेशाका युवायुवतीले भाग लिएका छन् । देशमा विभिन्न स्थानबाट छनोट गरिएका प्रतियोगीलाई तीन हप्ताको तालिम प्रदान गरिने र छनोट भएका सबै प्रतियोगीको पोर्टफोलियो सुटसमेत गराइनेछ ।
विजेताले साढे दुई लाख बराबरको गिफ्ट हृयाम्परका साथै मिडिया एक्स्पोसर र नेपालको प्रतिनिधित्व गर्न पोल्याण्ड, अल्बानिया, इजिप्ट र थाइल्याण्ड पठाइने आयोजकले जनाएको छ । प्रतियोगीले ट्यालेन्ट राउण्ड, टप मोडल राउण्ड, इलेजेन्स राउण्ड, फिटनेस राउण्ड, स्विम वेयर राउण्ड जस्ता विविध विधामा प्रतिभा प्रदर्शन गर्नेछन् भने पृथ्वी दिवसको अवसर पारेर वृक्षारोपण कार्र्यक्रमसमेत रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको टप मोडल राउण्ड र स्विम वेयर राउण्ड पोखराको द विच रिसोर्ट र कुस्माको हार्नेस जिपलाइनमा आयोजना हुने बताइएको छ ।
उक्त सौन्दर्य प्रतियोगिता टु डर्मासँगको सहकार्यमा हुने र प्रतियोगिताको मुख्य प्रायोजक ग्लोबल स्कुल अफ साइन्स, टेलिभिजन पार्टनर इमेज टेलिभिजन, पेन्ट्स पार्टनर जस्मिन पेन्ट्स, टेलिकम पार्टनर नेपाल टेलिकम, भोटिङ पार्टनर खल्ती, इन्टरटेनमेन्ट पार्टनर क्युएफएक्स सिनेमा, हस्पिटल पार्टनर मेट्रो हस्पिटल, स्किन केयर पार्टनर फेस फरवार्ड, ग्रुमिङ पार्टनर हेयर एण्ड शान्ति, मेकअप पार्टनर मेकअप दरबार, द फिजिक वर्कशप, जिमखाना, नेपाल एयरलाइन्स, दाउरा थकाली, फिष्टेल एयर, टु मी, नेपाल टुरिजम बोर्ड, ट्रेण्डिङ नेपाल, रसुवा वाटर, स्कुल अफ ब्युटिसियनलगायत रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच