काठमाडौं। लिभरपुल इङलिश प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेपछि लिभरपुल लिगको शिर्ष स्थानमा उक्लिएको हो ।
लिभरपुलको जितमा डर्विन नुनेज, एलेक्सिस म्याक्स अलिस्टर र कोडी गाक्पोले एक एक गोल गरेका थिए ।त्यसैगरी शेफिल्डका लागि एक गोल लिभरपुलकै कोनोर बार्डलीले आत्मघाती गोल गरेका थिए ।
यो जितपछि लिभरपुलको ३० खेलमा ७० अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको आर्सनलको ३० खेलमा ६८ अंक छ भने तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३० खेलमा ६७ अंक रहेको छ ।
त्यसैगरी शेफिल्ड युनाइटेडको भने ३० खेलमा केवल १५ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच