
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ ।
खुलामञ्च जाने भनिएको र्याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको हो ।
प्रदर्शनमा उत्रिएका महतो समर्थक भीडले आफूमाथि ढुंगामुढा गरेपछि प्रहरीले प्रतिवाद गरेको थियो । दुई पक्षबीच हानाहानको स्थिति भएपछि आन्दोलनको नेतृत्व गरिरहेका महतोसहित नेता गाडी चढेर भागेका छन् ।
महतो नेतृत्वको अभियानले नेवा: लगायत नेपालका राज्यविहीन राष्ट्रहरूमाथि कायम औपनिवेशिकताको अन्त्य गर्दै नेपा: मण्डल सहित बहुलराष्ट्रिय राज्य नेपाल स्थापना गर्न भन्दै वसन्तपुरमा भेला भई तिं ख्यः(खुल्ला मञ्च)जाने कार्यक्रम तय भएको विज्ञप्ति मार्फत जानकारी गराएकाे थियाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच