काठमाडौं । गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेण्डसिप कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा नेपाल १८ रनले विजयी भएको हो । नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रनमात्रै बनाउन सक्यो । गुजरातका कप्तान उमंग रोहितकुमारले सर्वाधिक ४० रन बनाउनुभयो ।
आर्य देसाईं ३६, रुद्र मयूर पटेल १७ तथा जयमित पटेल र हर्ष देसाईंले १५/१५ रन बनाउनुभयो । नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा कुशल मल्ल र करण केसीले एक/एक विकेट लिनुभयो । त्यसअघि साई मेघपन स्पोर्ट्स लाइस वापीमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७४ रन बनाउनुभयो । ४७ बल खेल्नुभएका उहाँले ५ चौका र ४ छक्का प्रहार गर्नुभयो । ओपनर आशिफ शेखले ३४ बलमा २ चौका र १ छक्कासहित ३४ रन बनाउनुभएको थियो । कुशल भुर्तेल १९ र र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट हुँदा कुशल मल्ल ३१ र सन्दीप जोरा ७ रनमा अविजित रहनुभयो । गुजरातका शेन पटेल, तेजस पटेल र जाला युवराज सिंहले एक÷एक विकेट लिनुभयो ।
नेपाल लिग चरणमा चारमध्ये तीन खेल जित्दै फाइनल प्रवेश गरेको थियो । अन्तिम खेलमा बरोडाविरुद्ध हार बेहोर्नुअघि नै नेपालले फाइनलमा आफ्नो स्थान बनाइसकेको थियो । गुजरात भने चार खेलमा दुई जितसहित फाइनल प्रवेश गरेको थियो ।
नेपाली टोली भारतबाट सिधै ओमानतर्फ प्रस्थान गर्नेछ । प्रिमियर कपमा नेपाल रहेको समूहमा मलेसिया, हङकङ, साउदी अरेबिया र कतार रहेका छन् । नेपालले अप्रिल १२ मा मलेसिया, अप्रिल १३ मा कतार, अप्रिल १५ मा हङकङ र अप्रिल १७ मा साउदी अरेबियाको सामना गर्नेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच