मुगु । नेपाल विद्यार्थी संघ मुगुले नेपालकै ठूलो तथा कर्णालीको मुख्य पर्यटकीय स्थल रारातालमा सरसफाइ अभियानलाई निरन्तर जारी राखेको छ ।
ग्रीन रारा क्लिन रारा भन्ने मुल नाराका साथ स्वच्छ, सफा, हरियाली, वातावरण संरक्षणका लागि महिनाको अन्तिम शनिबार रारा ताल क्षेत्रमा नेपाल विधार्थी संघले सरसफाई अभियान गर्दै आएको छ ।
रारामा आन्तरिक तथा बाह् पर्यटकको वृद्धिसंगै ताल क्षेत्रमा फोहोर पनि बढ्न थालेपछि तालको सुन्दरता, प्राकृतिकपन र स्वच्छ बातावरण जोगाइ राख्न नेपाल विद्यार्थी संघ मुगुले सरसफाइ अभियान सुरु गरेको हो ।
तालमा फोहोर बढ्दै गएको कारण तालको सुन्दरता हराउँदै जाने जोखिमलाई जोगाउन सरसफाइ अभियान सुरु गरिएको नेबिसंघ मुगुका अध्यक्ष सोबिन्द्र बहादुर मल्ल बताउनु भयो । उहाका अनुसार, फोहोर व्यवस्थापनका लागि प्रत्येक महिनाको अन्तिम शनिबार ताल क्षेत्रमा सरसफाईमा खटिएर संकलित फोहोर बिसर्जन गर्ने गरिन्छ ।
नेबिसंघ मुगुले गत पुस १४ गते गरेको निणय अनुसार प्रत्यक महिनाको अन्तिम शनिबार रारा सरसफाइ अभियान गर्दै आएको र २४ गतेको गएको शनिबार ५ औ सरसफाइ अभियान भएको नेविसंघ मुगुका उपाध्यक्ष बालचन्द्र कार्किले जानकारी गराउनु भयो ।
रारामा पलाष्टिकजन्य,सिसाजन्य र आल्मुनियमजन्य ठोस फोहोर बढी मात्रामा संकलन हुने गरेको पनि नेविसंघले जनाएको छ ।
रारा क्षेत्रमा सरसफाइ अभियान फोहोर संकलन सङ्गै यहाँ आउने सबै पर्यटकलाई सुरक्षित,तोकिएको क्षेत्र,ठाउमा फोहोर फाल्न र विसर्जन गर्न शिक्षा दिनु पनि भएकाले यो अभियान जारी रहने अध्यक्ष मल्लले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच