पेस्तोल र म्यागजिनसहित वडाध्यक्ष पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

रोल्पा । रोल्पाका एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ परेका छन् । जिल्लाको गंगादेव गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ३३ वर्षीय कृष्ण वली अटोमेटिक पेस्तोलसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार वडाध्यक्षले आफ्नो घरमा अवैध हतियार लुकाएको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले खानतलासी गर्दा घरको माथिल्लो तलामा लुकाएर राखेको अवस्थामा स्वचालित पेस्तोल बरामद भएको हो ।

‘मेड इन इटाली’ लेखिएको नौ राउन्ड गोली लाग्ने एक थान पेस्तोल म्यागजिनसहित बरामद भएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय घर्ती गाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो १ बजेतिर वडाध्यक्षको घर खानतलासी गरेको थियो ।

पक्राउ परेका वलीविरूद्ध हातहतियार तथा खरखजना मुद्दा चलाइएको रोल्पा प्रहरीले जनाएको छ । वडाध्यक्ष वली विप्लव नेतृत्वको नेकपा हुँदै गत चुनावमा नेपाली कांग्रेस प्रवेश गरेको बुझिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?