काठमाडौं । नेपाल कृषि मेसिनरी व्यवसायी संघले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहलाई १४ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
सोमबार संघका अध्यक्ष कृष्ण शर्माको नेतृत्व प्रतिनिधिमण्डलले मन्त्री साहलाई ज्ञापनपत्र बुझाउँदै रैथाने तथा हाइब्रिड बिउमा आत्मनिर्भर बनाउन कृषिको आधुनिकीकरणमार्फत् व्यावसायीकरणका लागि एक पालिका, एक सुविधा सम्पन्न नर्सरी घरको अवधारणा लागू हुनुपर्ने माग गरेको छ । कृषिको रूपान्तरण गरी उत्पादन वृद्धि, रोजगारी सिर्जना, आधुनिकीकरण र व्यावसायीकरण गर्न र नवीनतम प्रविधि कृषकको पहुँचमा पुर्याउन कृषिमैत्री नीति कार्यान्वयन गर्न माग गरेको छ ।
त्यस्तै, नेपालमा एउटा पनि कृषि यन्त्र, उपकरण तथा प्रविधि प्रदर्शन गर्ने स्थान नहुँदा खुला चौरमा प्रदर्शन गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै संघले कृषि यन्त्र, उपकरण तथा प्रविधि मर्मत तथा सञ्चालन तालिम दिन आवाससहितको तालिम हलको माग गरेको छ । कृषि यान्त्रीकरण प्रविधि कृषिको निकै ठूलो क्षेत्र भएकाले सोसम्बन्धी अनुसन्धान, विकास, प्रवद्र्धन र बजारीकरणका लागि छुट्टै केन्द्रका लागि पनि कृषिमन्त्रीको ध्यानाकर्षण गराएको छ । संघले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न बैंकको ब्याजदरमा अनुदान व्यवस्था गर्नुपर्ने, कृषि उद्योग स्थापनाको पहिलो पाँच वर्षसम्म आयकरमा छुट हुनुपर्ने, कोल्डस्टोर तथा कृषि उद्योगमा विद्युत् सहुलियत दिनुपर्र्नेे, कृषि उद्योगको कच्चा पदार्थमा भन्सार छुट वा कम गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
त्यसैगरी सरकारले तय गरेको कृषि रणनीति २०३५ लाई पूरा गर्न कृषिमा यान्त्रीकरण प्रविधि प्रवद्र्धन गर्नुपर्ने र यान्त्रीकरण प्रविधिका लागि हाल छुट्याउँदै आएको बजेट अपुग रहेकाले बजेट थप गर्नुपर्ने मागसमेत संघले गरेको छ । सो अवसरमा मन्त्री साहले कृषि क्षेत्रको विकासका लागि आफू मन्त्रालयमा आएदेखि पहल गर्दै आएको जानकारी गराउँदै नेपालको कृषि क्षेत्रमा जनशक्ति अभाव सम्बोधन गर्न बढीभन्दा बढी बजेट तथा कार्यक्रम व्यवस्था गर्ने आश्वासन दिएको संघका अध्यक्ष शर्माले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच