रुसमा १० हजार बढी घर बाढीले बगायो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । रुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र सेन्ट्रल फेडरल डिस्ट्रिक्टमा १० हजार ४ सय भन्दा बढी आवासीय घरहरू डुबानमा परेका छन् । रुसी आपतकालीन अवस्था मन्त्रालयले सोमवार यसबारेमा जानकारी गराएको हो ।

गम्भीर रूपमा प्रभावित ओरेनबर्ग क्षेत्रमा, ६ हजार १ सय भन्दा बढी मानिसहरूलाई बिस्थापित गरिएको छ । ३३ हजार मानिसहरूका लागि ३३ अस्थायी आवास केन्द्रहरू तैनाथ गरिएको छ । ओरेनबर्ग क्षेत्रीय सरकारले बाढी अप्रिल १० मा अझै बढ्ने अनुमान गरेको छ ।

उरल नदीको अवस्था अप्रिल २५ भन्दा पहिले सामान्य हुने अपेक्षा गरिएको छ । १८ हजार भन्दा बढी मानिसहरू बाढीको जोखिममा रहेको क्षेत्रमा रहेको बताएको छ ।

अप्रिल ७-११ को तथ्याङ्कले साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रिय संघीय जिल्लामा दैनिक औसत तापक्रम, हिउँ पग्लने र नदी पग्लिने क्रममा निरन्तर वृद्धि भएको देखाउँछ । यसले तल्लो क्षेत्र र यातायात पूर्वाधारमा बाढीको जोखिम बढाउने अपेक्षा गरिएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?