काठमाडौं । स्किल विक २०२४ को पाँचौँ संस्करणअन्तर्गत विभिन्न क्षेत्रका पाँच व्यक्तित्व स्किल हिरो अवार्ड २०२४ बाट सम्मानित भएका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रमबीच उपसभामुख इन्दिरा राणा मगरले अवार्ड प्रदान गर्नुभएको हो । एकहप्ते उक्त कार्यक्रममा विभिन्न सीपमूलक तालिमलगायत सीपयुक्त कार्यशाला, केस स्टडीलगायत मनोरञ्जनलाई मध्यनजर गर्दैै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिएको थियो ।
कलकारखाना, शैक्षिक संस्था एवं सरकारी निकायसँगको साझेदारीको लक्ष्यका साथ तीनवटा क्षेत्रमा सीपमूलक रोजगारीका अवसर, बढ्दो सीपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि कला तथा संस्कृति झल्किने सीपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल विक कार्यक्रम ३१ मार्चदेखि ८ अप्रिलसम्म सञ्चालन भएको थियो ।
कलाकारिता क्षेत्रमा वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी), उद्यमशीलता विधामा किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याललाई स्किल हिरोको उपाधि प्रदान गरिएको छ । पर्यटन तथा हस्पिटालिटी विधामा पर्यटनसम्बन्धी तालिम दिने नेपालको पहिलो कलेज नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्टकी संस्थापक तथा अध्यक्ष छाया शर्मा, विज्ञान तथा प्रविधि विधामा डा. भगवान् कोइराला, अप्रेन्टिससिप विधामा पुष्पा चौधरी अवार्डबाट सम्मानित भएका छन् । सोही दिन सिइओ अनप्लग्ड २०२४ नामक कार्यक्रम पनि सञ्चालन गरिएकोे थियो, जसमा व्यापारका चुनौती, अवसर एवं प्रयोगात्मक शिक्षाको महत्व एवं नवआगन्तुक व्यापार पारखीलाई मार्गदर्शन प्रदान गर्न दुई प्यानल छलफल सञ्चालन गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच