काठमाडौं । आफ्नो अधिकार कुण्डित भएको भन्दै नेकपा एमाले ओखलढुंगाका अध्यक्ष शंकर कटुवालले पदबाट राजीनामा दिनुभएको छ ।
गुट उपगुटका कारण दशौं जिल्ला अधिवेशनमा निर्णय गर्ने र प्रमाणीकरण गर्न पाउने आफ्नो अधिकार कुण्ठित भएको भन्दै उहाँले जिल्ला अध्यक्ष र पार्टी सदस्य दुवैबाट राजीनामा दिनुभएको हो ।
दुई वर्ष पहिले जिल्ला अध्यक्ष भएका कटवालले बन्द सत्र शुरु भएपछि पार्टी त्याग गरेको पत्र लेख्नु भएको थियो । उद्घाटन समारोहपछि अध्यक्ष कटवाल बन्दसत्र र निर्वाचन प्रक्रियामा समेत सहभागी नहुनुभएको एक नेताले बताए ।
जिल्ला इञ्चार्जमार्फत् प्रदेश कमिटी अध्यक्षलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उहाँले लेख्नुभएको छ, ‘मेरो झण्डै ३४ वर्षको राजनीतिक जीवन भोगाइमा यस्तो शैली मैले कहिले अनुभूत गरेको थिइनँ । मैले गरेको पार्टी योगदानको अर्थ र औचित्य नै नदेखेपछि जिल्ला अध्यक्ष र पार्टी सदस्य दुवैबाट राजीनामा पेस गरेको छु ।’
दसौं जिल्ला अधिबेशनमा जे जस्ता रबैया र गतिबिधिहरु देखिए जुन खालकाअरोप–प्रत्यारोपको होड वाजी चल्यो।नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो त्यो आफ्नो ३४ वर्षको राजनैतिक जीवनमा यस्तो विधि र पद्धति बिहिनताको अनुभूती आफूले कहिलै नगरेको उहाँले बताउनु भएको छ ।
एमाले ओखलढुंगाको दशौं जिल्ला अधिवेशन गत चैत २६ र २७ गते थियो । चैत २५ गते उदघाटनसत्र समापन भएपछि बन्दसत्र सुरु भएपछि गठन गरिएको अध्यक्ष मण्डलको अध्यक्ष पदमा कटवाल हुनुहुन्थ्यो ।
पञ्चायतकाल देखि नै राजनीतिमा सक्रिय कटवाल यस अघिको निर्वाचनबाट अध्यक्ष निर्वाचित हुनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच