काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
सिंहदरबारमा शुक्रबार दिउँसो नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहाल र सत्तारूढ प्रमुख दल एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा अलावा सङ्घीय संसद्को अधिवेशनलगायतका विषयमा छलफल भएको जनाइएको छ ।
प्रधानमन्त्रीसँग भेटेपछि बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले पत्रकारहरूसँग कुराकानी गर्दै संसदको अधिवेशन अन्त्य हुने र पछि फेरि आह्वान हुने बताउनु भयो ।
अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद चल्न नदिएको आरोपसमेत लगाउनु भयो ।
बिजनेस नपाएर अधिवेशन अन्त्य गर्न लागिएको हो ? भन्ने पत्रकारको प्रश्नमा जबाफ दिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘हैन, कांग्रेसले चल्न नदिएर हो।’
दिउँसो मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको हो ।
आजको मन्त्रिपरिषदकोबाट सरकारले हिउँदे अधिवेशन अन्त्यको तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच