![बर्दियामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु](https://ehimalayatimes.com/wp-content/uploads/2022/04/Dubera-nidhan-Water-mirtu-Hita.jpg)
सर्लाही । सर्लाहीको हरिपुरस्थित ग्रामीण नारी उत्थान संघले बालश्रम विरुद्धको रणनीति निर्माण गर्न सरोकारवालासँग दुई दिने क्षमता विकास कार्यशाला सम्पन्न गरेको छ ।
विद्यालय भन्दा बाहिर रहेका बालबालिकालाई आभारभूत सेवा सुविधाको पहुँचमा ल्याउने, त्यस्ता बालबालिका बाल श्रममा लाग्न बाध्य हुनुपर्ने बाध्यताको अन्त्य गर्ने, बाल अधिकार प्रवद्र्धन गर्ने, बाल श्रम, बाल विवाह, दाईजो प्रथा न्यूनिकरण र स्वास्थ्य, पोषणलगायतका क्षेत्रमा सहयोग गर्ने तथा बालश्रम विरुद्ध रणनीति बनाउने उद्देश्यले कार्यशाला गरिएको हो ।
लालबन्दीमा हिजो र आज दुई दिन आयोजित कार्यशालामा ईश्वरपुर र हरिपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, बाल क्लबमा आवद्ध बालबालिका सहभागी भएका छन् ।
इँटा भट्टा, मोटरसाइकल ग्यारेज, ग्रिल उद्योग, होटल, यातायातलगायतका व्यवसायमा निकृष्ट श्रम गर्न बाध्य बालबालिकालाई शिक्षासहित अन्य आधारभूत सुविधाको पहुँचमा ल्याउन सबै सहभागी प्रतिवद्ध भएका ग्रामीण नारी उत्थान संघका सीडा परियोजना परियोजना संयोजक धिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ग्रामीण नारी उत्थान संघको आयोजना, सेभ द चिल्ड्रेनको सहयोग र ईश्वरपुर तथा हरिपुर नगरपालिकाको समन्वयमा कार्यक्रम गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच