‘अवतार’ भन्नाले जन्म लिने वा शरीर धारण गर्ने काम हो । देवताहरूले मानिस वा अरू प्राणीहरूका देहमा जन्मने प्रक्रियालाई पनि अवतार शब्दमै सम्बोधन गरिन्छ । हाम्रा पुराण अनुसार भगवान् विष्णुका चौबीस अवतार छन् । ती अवतारमध्ये राम पनि मनुुष्य रूपमा प्रकट भएका अवतारमा पर्दछन् । श्रीमद्भागवत् महापुराण प्रथमस्कन्धको तेस्रो अध्यायको २६औं श्लोक यसरी बोल्छ :
अवतारा हृयसंख्येया हरेः सत्वनिधेद्र्विजाः ।
यथाविदासिनः कुुल्याः सरसः स्युुः सहस्त्रशः ।।
अर्थात् जसरी कुनै एक अक्षय जलाशयमा असंख्य सानासाना जलप्रवाह निस्किएर चारैतिर कुुद्छन्, त्यस्तै सत्वनिधि परमेश्वरबाट विविध अवतारका जन्म हुुन्छन् । अवतार हुनुुको अर्थलाई प्रकट गर्दै श्रीमद्भगवद्गीतामा श्रीकृष्णले भनेका छन् ‘परित्राणाय साधूनां विनाशाय च दुुष्कृताम् । धर्म संस्थापनार्थाय संभवामि युुगेयुुगे’ ।। मतलव सज्जनहरूको सुुरक्षा तथा दुुष्कृति अर्थात् अपराध वा पापको संहार निमित्त धर्म अर्थात् कर्तव्यको संस्थापनार्थ म समय समयमा सगुण— साकार भएर यहाँ आइरहन्छु । खास गरेर चौबीसवटा अवतारमा पनि दस अवतारलाई मुुख्य मानिएको छ । मर्यादा पुुरुषोत्तम राम यस क्रममा सातौँ अवतारमा पर्दछन् ।
इक्ष्याकुु वंशमा जन्मिएका अज र इन्दुुमतीको कोखबाट दशरथको जन्म भएको थियो भने दशरथ तथा कौसल्यावतीको गर्भबाट मर्यादा पुुरुषोत्तम श्रीराम चैत महिनाको पावन तिथि रामनवमीमा धराधाममा अवतरित हुनुुभएको हो । यसरी कौशल्यावती, कैकेयी र सुुमित्राबाट क्रमशः श्रीराम, भरत र लक्ष्मण एवं शत्रुुघ्नजस्ता बलशाली वीर पुरुषहरूको प्रादुुर्भाव भयो । लामो समयसम्म सन्तति नहुँदा कुुलगुुरु वशिष्ठको सल्लाह मुताविक धर्मपरायण राजा दशरथले श्रृङ्गी ऋषिलाई निमन्त्रणा गरी पुुुत्रेष्टि यज्ञको अनुुष्ठान गराए । यज्ञको प्रभावबाट अग्निदेव प्रकट भई चरु प्रदान गरे त्यही चरु रानीहरूमा खुवाएपछि तीनवटै रानीहरू गर्भवती भई सर्वगुुणसम्पन्न चार पुत्रहरू प्राप्त भएको रोचक कथा छ ।
श्रीरामलाई मर्यादा पुरुषोत्तम भनी सम्बोधन गरिन्छ । वास्तवमा मर्यादा भन्नाले कुनै कामकुरो यतिसम्म गर्नहुुन्छ भन्ने वा यहाँसम्म जान सकिन्छ भन्ने टुुङ्गो, सीमा वा हद हो भने पुुरुषोत्तमको आसय पुुरुषहरूमा उत्तम वा दूरदृष्टि भएको व्यक्तित्व साक्षात् विष्णुु भगवान्कै अंश भन्ने संकेत हो ।
श्रीरामलाई मर्यादा पुरुषोत्तम भनी सम्बोधन गरिन्छ । वास्तवमा मर्यादा भन्नाले कुनै कामकुरो यतिसम्म गर्नहुुन्छ भन्ने वा यहाँसम्म जान सकिन्छ भन्ने टुुङ्गो, सीमा वा हद हो भने पुुरुषोत्तमको आसय पुुरुषहरूमा उत्तम वा दूरदृष्टि भएको व्यक्तित्व साक्षात् विष्णुु भगवान्कै अंश भन्ने संकेत हो । श्रीरामले सबै किसिमका मर्यादा पालना गरेर राजकाज चलाएका थिए । उनले व्यक्ति, परिवार तथा समाजसित कस्तो व्यवहार गर्नुुपर्छ ? व्यक्तिले जीवनको यात्रा कसरी चलाउन पर्दछ र जीवनमा महानतम लक्ष्य हासिल गर्न तथा परब्रहृम परमात्मासित साकार हुन मानिसमा कस्ता-कस्ता गुणहरू हुनुपर्दछन् भन्ने कुरा आफ्नै चरितचर्या अर्थात् लीलाबाट स्पष्ट पारेका छन् । अयोध्याको राजा भइसकेपछि उत्कृष्ट सुुशासन कायम गर्न शासन व्यवस्था, अर्थतन्त्र, धर्मनीति समाजनीति र राजनीतिका विविध क्षेत्रमा उचित मर्यादा संस्थापित गरेकैले लाखौँ वर्षपछि आजसम्म पनि रामराज्यको आदर्श लोकजिब्रोमा झुण्डिरहेको छ ।
मूूलतः रामको आदर्श राज्यमा सबै वर्गका प्रजा वा नागरिकहरू सच्चरित्रवान्, वर्णाश्रम धर्मका अनुपालक र अधिकार तथा कर्तव्यको परिसीमा बोध गर्ने खुुबीका थिए । वैदिकमार्ग र शास्त्रीय निर्देशनलाई व्यावहारिक जीवनमा उतारेका हुँदा रोग, शोक, भोक तथा भयबाट मुुक्ति पाएका थिए । छवटा शत्रुुहरू (काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य) माथि विजय प्राप्त गरेर इन्द्रियनिग्रह गर्न समर्थवान् भएका थिए । मूलतः तीन किसिमका तापहरू (शारीरिक, दैविक अर्थात् भाग्य वा संयोगबाट घटित, र भौतिक विपत्ति) को प्रभाव मानव जीवनमा पर्दैनथ्यो । वास्तवमा धर्म र स्वास्थ्यको नियम पालना गरेपछि शारीरिक पीडा (त्रास, रोग, शोक, भोक) आउने कुरै भएन । अर्को कुरा प्रकृतिको समुचित संरक्षण र संवर्धन गरेपछि भौतिक ताप वा पीडा प्राणी जगत्मा प्रवेश गर्नै सक्दैन ।
चौध वर्षको वनवास सकेर अयोध्या फर्किएका रामले मर्यादामा रहेर दुुष्कृत्यका बाहक थुुप्रै अभिमानी असुुरवृत्तिसित जुध्नुप¥यो । महाबली रावणजस्ता पराक्रमी जो श्रुुतिस्मृतिमार्गी भएर पनि भौतिक वैभव, राज्यशक्तिको अहङ्कार र आफ्नो प्राज्ञिक अभिमान चुलिँदा सीतालाई अपहरण गरे यो नै उनको संहारको कारण बन्नपुुग्यो ।
जब मानिस आफ्नो कर्तव्यमा दृढ हुन्छ र धर्माचरणले अनुरक्त रहन्छ त्यहाँ दैवीपीडा पनि पराजित बन्दोरहेछ । रामले आफ्नी भक्त शवरीको हातबाट जुठो गरेको बयर खाएर प्रेम तथा समानताको अनुपम आदर्श संस्थापित गरेको, बाँदरहरूलाई पनि तालिमी शिक्षा दिएर मस्तिष्क धुलाइ गरी सार्थक चेतनाको उदाहरण सन्देशको रूपमा दिएका छन् । त्यसैले त श्रीरामको लोकप्रिय अनुपमेय चरित्र देखेर नै यी सहज वाणीका हार बुुध कौशिक मनीषिले रच्न पुुगेका होलान् :
माता रामो मत्पिता रामचन्द्रः
स्वामी रामो मत्सखा रामचन्द्र ।
सर्वस्वं मे रामचन्द्रो दयालुु-
र्नान्यं जाने नैव जाने नजाने ।।
वास्तवमा पितामातातुुल्य, एक अपूूर्व स्वामी, आत्मीय साथी र दयामय रामचन्द्र नै मेरो सर्वस्व हुन् उनीबाहेक म कसैलाई पनि जान्दिन भनी रामराज्यका जनताहरूले भक्तिभाव हार्दिकतापूूर्वक प्रकट गर्दथे । यो कुनै चारण वा भाटवृत्तिको नटखट नभएर सुुशासनको अनुुभूतिजन्य सहज जनवाणी थियो ।
लोकाभिरामं रणरङ्गधीरम्
राजीव नेत्रं रघुुवंश नाथम् ।
कारुण्यरूपं करुणाकरं तम्
श्रीरामचन्द्रं शरणं प्रपद्ये ।।
अर्थात् सम्पूर्ण लोकमा सुन्दर, संग्रामी खेलमा धीर, कमलको जस्ता सुुन्दर आँखा भएका रघुुकुलका करुणाका मूर्ति वा भण्डार छन् । त्यस्ता रामचन्द्रकै शरण म लिन चाहन्छुु भनेर सबै नागरिक गर्व गर्दथे । घतलाग्दो कुरा त के छ भने शब्दक्रीडाका अब्बल खेलाडी संस्कृत व्याकरणका निष्णात पण्डित बुुधकौशिक मुनिले सबै विभक्ति (प्रथमा विभक्तिदेखि सम्बोधन विभक्तिसम्म) प्रयोग गरेर रामको विराट् चरितचर्यालाई शार्दूूलविक्रीडित छन्दमा यसरी उनेका छन् :
रामो राजमणिः सदा विजयते रामं रमेशं भजे
रामेणाभिहता निशाचरचमूू रामाय तस्मै नमः ।
रामान्नास्ति परायणं परतरं रामस्य दासोद्रस्म्यहम्
रामे चित्तलयः सदा भवतु मे भो राम मामुद्धर ।।
अर्थात्, राजाहरूमा श्रेष्ठ श्रीरामचन्द्र सधैँ विजय पाइरहन्छन्, त्यस्ता लक्ष्मीपतिको भजन गरिरहन्छुु । जुन रामचन्द्रले ध्वंसका प्रतीक राक्षसगणलाई संहार गरिदिए यसैले पराक्रमी राजालाई म प्रणाम गर्दछु । रामभन्दा ठूलो आश्रय अरू कोही छैन, अतः म रामचन्द्रको दास ( भक्त) हूूँ । यसर्थ मेरो चित्त सधैँ राममा लीन भइरहोस् हे राम ! मेरो उद्धार गर ।)
चौध वर्षको वनवास सकेर अयोध्या फर्किएका रामले मर्यादामा रहेर दुुष्कृत्यका बाहक थुुप्रै अभिमानी असुुरवृत्तिसित जुध्नुपर्यो । महाबली रावणजस्ता पराक्रमी जो श्रुुतिस्मृतिमार्गी भएर पनि भौतिक वैभव, राज्यशक्तिको अहङ्कार र आफ्नो प्राज्ञिक अभिमान चुलिँदा सीतालाई अपहरण गरे यो नै उनको संहारको कारण बन्नपुुग्यो । साक्षात् विष्णुका अवतार श्रीरामचन्द्रले मर्यादा स्थापना गर्न आडम्बर, शेखी र घमण्डले ग्रस्त दानवीय वृत्तिको पापाचारलाई समूल उच्छेदन गरिदिए । दश हजार वर्षसम्म उनले राजपाटलाई समालेर एक अनुपम आदर्श राज्य स्थापना गरे । वाल्मीकि रामायणको युुद्धकाण्डको एक सय अठ्ठाईसौँ श्लोकमा रामराज्यको पर्यावरणीय स्वच्छतालाई यसरी वर्णन गरिएको छ :
नित्यमूला नित्यफलास्तरव तत्र पुष्पिताः ।
कामवर्षी च पर्जन्यः सुखस्पर्शश्च मारुतः ।।
अर्थात्, रूखहरूका जरा मजबुत हुन्थे, बोटविरुवाहरू सधैं फूल र फलले सुशोभित भइरहन्थे । जुन बेला चितायो त्यही समय वर्षा हुन्थ्यो । हावा मन्द गतिमा सुुगन्ध छर्दै सुुखलाई स्पर्श गराएर बहन्थ्यो । समाजमा एक पत्नीव्रत लोग्नेहरूले कायम गरेका थिए भने पत्नीहरूले पतिव्रता धर्म आत्मसात गरेका थिए । न्याय सुलभ र पारदर्शी थियो । राज्य भोक, रोग र शोकबाट मुक्त थियो । अकाल मृत्युको त्रास पटक्कै थिएन । भौतिक रूपमा सुखी र मानसिक रूपम खुुसी थिए प्रजाहरू । स्वास्थ्य र शिक्षाको व्यवस्था उच्चकोटिको थियो भने नैतिकता, स्वकर्तव्यबोध तथा धार्मिक आचरणले सबै उदार मनका थिए ।
संगच्छध्वं संवदध्वं सहनाभुनक्तु जस्ता उदात्त श्रुतिमतको पन्थामा रमाउँथे । श्रीरामको दिमाग पूरा वेदान्तबाट पाकेका हुनाले देशमा तस्करी, पक्षपात, नातावाद, डनवादले खुुट्टो घुमाउनै सक्दैनथ्यो । अध्यात्म रामायणको उत्तरकाण्डअन्तर्गत पाँचौं सर्गमा रामगीता जम्मा बयसठ्ठी श्लोकको छ त्यो पढेमा श्रीरामको दार्शनिक धारा अध्यात्म चिन्तनवारे छर्लङ्ग हुन्छ । त्यसैले म पनि बुुधकौशिकले लेख्नुुभएको मधुर रामनामको यो श्लोकबाट लेखलाई पूूर्णविराम दिन्छुु :
कूूजन्तं रामरामेति मधुरं मधुराक्षरम् ।
आरुहृय कविता साखां वन्दे वाल्मीकि कोकिलम् ।
(जय श्रीराम ! जय सीताराम !! जय रघुुनन्दन !!!)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच