खोटाङ । खोटाङमा छुरा प्रहार गरी हत्या गरेर फरार रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी निभारेका ३० वर्षीय धनजित राईमाथि अन्दाधुन्द छुरा प्रहार गरी हत्या गरेर फरार बनेका तीन जनालाई पक्राउ गरिएको प्रहरीले बताएकाे छ ।
बैशाख १ गते राति अन्दाजी ८ बजे धनजितको शरीरको बिभिन्न भागमा छुरा प्रहार गरी फरार बनेका खार्मीका २२ वर्षीय बिकास राई, सोही ठाउँका २० वर्षीय आशन राई र सोही स्थानका २८ वर्षीया गणेश राईलाई डिएसपी पुरुषोत्तम खड्काको कमाण्डमा खटेको प्रहरीले सोमबार बिहान ८ः३३ बजे सोही नगरपालिकाको पाथेकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।
उनीहरुलाई पाथेका भुसुन्डास्थित धनपति राईको घरमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका तीनजनाले खार्मी निभारेस्थित भिम बहादुर बस्नेतको घरछेउको मकैबारीमा छुरा हान्दा धनजितको घट्नास्थलमै ज्यान गएको थियो।
धनजितको श्रीमती कबिता तामाङको जाहेरीका आधारमा पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच