सर्लाही । सर्लाहीको लालबन्दीस्थित उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरको लिची फूल खेल्ने बेलामै ठेक्का लागेको छ ।
देशकै सबैभन्दा ठूलो सरकारी बगैँचाको रुपमा रहेको बागवानी केन्द्रको लिची अहिलेसम्मकै महँगो २७ लाख १५ हजार रुपियाँमा ठेक्का लागेको हो । बागवानी केन्द्रमा आठ प्रजातिका ६२१ वटा लिचीका बोट रहेका छन् ।
बागवानी केन्द्रका निमित्त वरिष्ठ बागवानी विकास अधिकृत रामकुमार यादवले यो वर्षका लागि बागवानीको लिची २७ लाख १५ हजार रुपियाँमा ठेक्का लागेको जानकारी दिनुभयो । “बागवानीको लिची अहिलेसम्म २२ लाख रुपियाँ भन्दा माथि ठेक्का लागेको थिएन,” निमित्त बागवानी केन्द्र प्रमुख यादवले भन्नुभयो, “यस वर्ष हामीले २७ लाख रुपियाँ भन्दा धेरैमा ठेक्का लगाउन सफल भएका छौँ ।”
उहाँका अनुसार विगतका वर्षमा उधारोमा ठेक्का लाग्दै आएको लिची यो वर्ष नगदमै ठेक्का लागेको हो । २७ लाख १५ हजार रुपियाँ नै राजस्व दाखिला भइसकेको उहाँले बताउनुभयो ।
उचित हेरचाह, मल र सिँचाईको व्यवस्थापनका कारण बागबानीमा यस वर्ष लिचीको उत्पादन पनि बढ्ने अनुमान गरिएको छ । करिब तीन सय बिघा क्षेत्रफलमा फैलिएको बागबानी केन्द्रमा करिब ६ हजार आँप र ६२१ वटा लिचीका बोट छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच