
काठमाडौं । नयाँ वर्षको सुरु कारोबार दिन सामान्य अंकले घटेको सेयर बजारमा सोमबार भने १६.८२ अंकले घटेर २००६.५२ अंकमा झरेको छ । यस दिन तीन सय १४ कम्पनीका ७२ लाख २३ हजार सात सय ७३ कित्ता सेयर दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार चार सय ३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
तीन सय १४ कम्पनीका ७२ लाख २३ हजार सात सय ७३ कित्ता सेयर खरिदबिक्री भएका हुन् । १३ वटै समूहगत सूचक घटेकोमा वित्त समूह सर्वाधिक १.६४, उत्पादन तथा प्रशोधनमूलक १.५९, अन्य १.३८ र पर्यटनमूलक १.१५ प्रतिशतले घटेको छ । शीर्ष सेयर मूल्य बढेका १० कम्पनीमा पाँच जलविद्युत् कम्पनी रहेका छन् । सबैभन्दा बढी ८.५ प्रतिशत माछापुच्छ्रे डिबेञ्चर २०८७ को मूल्य ७.०९ प्रतिशतले बढेको छ भने मेन्छियम हाइड्रोपावर ७.०५, मिड सोलु हाइड्रोपावर ५.९३, सिर्जनशील लघुवित्त ४.६१, सिवाइसी नेपाल लघुवित्त ४.२३, माउण्टेन हाइड्रो नेपाल ३.८१, हिमालयन हाइड्रोपावर ३.१९, ग्रिन डेभलपमेन्ट बैंक २.७८ र दिव्यश्वरी हाइड्रोपावरको २.७९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
गुराँस लघुवित्तको सर्वाधिक १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ भने दोल्ती पावर १०, माण्डु हाइड्रोपावर ६.०१, सिंगटी हाइड्रोपावर ५.९७, बोटलर्स नेपाल ५.८८, स्वाभिमान लघुवित्त ४.७७, जानकी फाइनान्स ४.१८ र कालिका पावरको सेयर मूल्य ४.०८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा ङादी ग्रुप पावरको सर्वाधिक १७ करोड ७३ लाख ६८ हजारको सेयर कारोबार भएको छ ।
सिवाइसी नेपाल लघुवित्त सात करोड ७० लाख, सानिमा माई हाइड्रोपावर छ करोड ९२ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्स छ करोड ५१ लाख र हिमालयन रि इन्स्योरेन्सको छ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । कारोबार संख्याका आधारमा हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक एक हजार नौ सय ३६ कारोबार भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच