काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

रासस
Read Time = 2 mins

काठमाडाैं । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए ।

काश्मिरका एक वरिष्ठ अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, “दुर्घटनापछि बालबालिकासहित करिब १५ जना बेपत्ता भएका छन् ।” हिमालयको काश्मिर उपत्यकामा केही दिनको वर्षापछि नदीको पानी बढेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार डुङ्गा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो ।

श्रीनगरका जिल्ला मजिस्ट्रेट बिलाल मोही-उद-दिन भटले भने, “हाम्रो उद्धार टोली त्यहाँ छ, हामी घटनाको विवरण पत्ता लगाइरहेका छौँ ।” धेरै कार्यालयका कर्मचारी तथा विद्यालयका विद्यार्थीहरू सडक यातायातबाट बच्न बिहान डुङ्गाबाट नदी पार गर्छन् ।

काश्मिरमा पहाडी क्षेत्रका सडकमा दुर्घटनाहरू सामान्य भए पनि यात्रुवाहक डुङ्गा दुर्घटना विरलै हुने गर्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?