म्याग्दी । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ (एमबीइ)ले विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिना अक्सिजन सफल आरोहण गर्नुभएकाे छ ।
पर्वतारोणहको क्षेत्रमा विभिन्न कीर्तिमानी कायम गरेका पुर्जाले गत शनिबार दिउँसो १२ बजेर १५ मिनेटमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित १०औं अग्ला अन्नपूर्ण प्रथमको आरोहणसँगै उहाँले अर्को रेकर्ड राख्न सफल हुनुभएकाे हाे ।
अन्नपूर्ण-१ हिमालको सफल आरोहणसँगै उहाँले विश्वका आठ हजार मिटर अग्ला हिमालहरु ४४ पटक सफल आरोहण गरी अर्को विश्व कीर्तिमान कायम गरेको इलाइट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्थापक मिङ्मा डेविड शेर्पाले जानकारी दिनुभयाे ।
उहाँले अब तिब्बतमा रहेको शिशपाङ्मा हिमाल मात्र बिना अक्सिजन आरोहण गर्न बाँकी छ । उहाँले विभिन्न हिमालमा विभिन्न कीर्तिमानहरु राखेको रेकर्ड छ ।
पहिलोपटक विश्वभर कीर्तिमानी कायम गर्ने अभियानमा पनि पूर्जाले अन्तिममा विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गर्नुभएकाे थियाे । विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से,मकालु,च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र शिशापङ् गरी १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ ।
त्यस्तै, अरू पाकिस्तान र चीनमा छन् । पुर्जाले जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के-टु’ हिमालकोसमेत आरोहण गरी विश्वभरका आरोहीलाई चकित पार्ने किर्तीमानीसमेत कायम गर्नुभएकाे छ ।
सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनोट भर्ना भइ संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी ट्रेनिङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गर्नुभएकाे थियाे । उहाँ कर्पोरल निर्मल बेसिक ट्रेनिङमा च्याम्पियन रिकु्रटको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा जानु भएकाे थियाे ।
क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी उहाँ पेन्टिङ्ग एण्ड डेकोरेशन ट्रेडमा कार्यरत रहनु भएकाे थियाे । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डोसमेत उहाँले गर्नुभएकाे थियाे । बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमासमेत काम गरेका पूर्जाले गोर्खा एक्सपीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हाल्नुभएकाे थियाे ।
सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई उद्धार गर्न सफल हुनुभएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गर्नुभएकाे थियाे । म्याग्दीमा रहेको धौलागिरि र अन्नपूर्ण हिमालको प्रवर्द्धनमासमेत पुर्जा सक्रिय हुनुहुन्छ । उहाँको कम्पनीबाट यी दुई हिमालमा विभिन्न देशका आरोहीले आरोहण गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच