
काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता तथा प्रशिक्षण अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम सञ्चालन क्षेत्रमा प्रतिष्ठित कम्पनी फाइनान्स फ्रेण्ड प्रालिसँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स फ्रेण्डका अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गर्नुभएको हो ।
साथै बैंकले डिजिटल कारोबार प्रोत्साहन गर्न मुक्तिनाथको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकका एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच