![सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/Accident-Hita.jpg)
कराँची । पाकिस्तानका विभिन्न क्षेत्रमा भारी वर्षा र चट्याङका कारण गत शनिवारदेखि ७१ जनाको मृत्यु भएको छ भने अन्य ६७ जना घाइते भएका छन् ।
राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका एक अधिकारीले भने कि उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र थियो जहाँ छत खस्ने र चट्याङका घटनाहरूसहित विभिन्न घटनाहरूमा ३२ जनाको ज्यान गएको थियो । अधिकारीका अनुसार खैबर पख्तुनख्वामा मृत्यु हुनेमा १५ बालबालिका र पाँच महिला छन् भने ४१ जना घाइते भएका छन् भने १ हजार ३७० घरमा क्षति पुगेको छ ।
अधिकारीले पूर्वी पञ्जाव प्रान्तमा २३ जनाको ज्यान गएको र सात जना घाइते भएको, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आठ जनाको मृत्यु र आठ जना घाइते भएको बताए । यस अवधिमा पाकिस्तान नियन्त्रित कश्मीरमा भारी वर्षाका कारण कम्तिमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् र ४७ घरहरू ध्वस्त भएका छन् ।
बुधवार एक सूचना जारी गर्दै अप्रिल १७ देखि अप्रिल २९ सम्म देशमा भारी वर्षा र हुरीबतास हुने सम्भावना रहेको जनाएको छ ।
![जनादेशको मजाक](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/Sana-party-has-a-mold-for-power-fornt-page-Hita.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच