सुर्खेत । सुर्खेतको बुलबुले तालमा अबको केहिदिनभित्र डुंगा तथा स्ट्रिमबोट संचालन हुने भएका छन् । स्ट्रिमबोट संचालनका लागि बुलबुले ताल सरसफाइ कार्य तिब्र पारिएको छ ।
सुर्खेत उपत्यका नगर विकास समितिका अनुसार बुलबुले तालको पानीमाथि फैलिएको झारपात हटाउन शुरु गरिएको छ । ताल सरसफाइ गरी यसै हप्ताभित्र बुलबुलेमा स्ट्रिमबोट चल्नेछन् ।
ताल सरसफाईका लागि समितिले दुई लाख बजेट छुट्याएको छ । सोही बजेटका आधारमा कामदार लगाएर पानीमाथि फैलिएको झारपात हटाउन शुरु गरिएको हो । हाल १ सय २० जना कामदारले झारपात हटाइरहेका छन् । ताल सरसफाइपछि नेपाल अल्टीमेट वटार एडभेन्चर प्रा.लि.ले १३ र २० सिट क्षमताका दुई स्ट्रिमबोट चलाउने छ ।
कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको बुलबुलेमा आन्तरिक र बाह्य गरी दैनिक हजारौं पर्यटक आउने गर्दछन् । बुलेबुले उद्यान क्षेत्रमा विभिन्न कार्यक्रम तथा पिकनिक कार्यक्रम समेत संचालन हुदै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच