
काठमाडौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ परेका ६ जनालाई रुपन्देही जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
ठगी प्रकरणमा पक्राउ परेको दीपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश भएको हो ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले पुनलाई ४ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
सहकारी अध्यक्ष ओमप्रकाश गुरुङलाई भने पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग भएको छ। अदालतमा उपस्थित नभएका प्रतिवादीहरुका नाममा भने म्याद जारी गरिएको छ ।
दीपेश पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच