
म्याग्दी । किशोरीको सुरक्षा र आत्मरक्षा सीप विकासका लागि म्याग्दीको मंगला गाउँपालिकाले गाउँपालिका भित्रका किशोरीलाई आत्मरक्षा तालिम सुरु गरेको छ ।
महिला हिंसाबाट बच्न , हिंसाको प्रकारबारे सचेतना फैलाउन र आफूमाथि आक्रमण भएमा कसरी प्रतिरक्षा गर्ने भन्ने विषयमा सिकाइने तालिममा पहिलो चरणमा गाउँपालिका भित्रका नौओटा विद्यालयका ३६ जना किशोरीहरु सहभागि भएका छन् । उनीहरुलाई शारीरिक तथा सैद्धान्तिक तालिम प्रदान गरिने मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो ।
महिला हिंसा हुनुको कारण, कानुनी उपचार र घटना भइहाले कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा बालिका तथा किशोरीलाई शारीरिक तथा मनोवैज्ञानिक परामर्श प्रदान गरिएको हो । अहिले तालिममा सहभागीले अब गाउँपालिका भित्र रहेका विद्यालयमा अध्ययनरत सबै किशोरीलाई प्रशिक्षण दिनेछन् ।
मंगला गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग एवं मिलन म्याग्दीको आयोजना र व्यवस्थापनमा तालिम सुरु गरिएको हो ।
तालिमको उद्घाटन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले किशोरीहरुलाई मानसिक र शारिरीक रुपमा सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाले विद्यालय तहमा सचेतना सम्बन्धी विभिन्न तालिम तथा कार्यक्रमहरुको आयोजना गरी विद्यालयस्तरमा नै विद्यार्थीलाई सशक्त बनाउने बताउँदै पालिकामार्फत विकास निर्माण सँगसँगै शिक्षा, स्वास्थ्य, जनचेतनालगायत क्षेत्रमा जोड दिइएको बताउनुभयो ।
तालिममा आत्मरक्षा सिप विकास, सकारात्मक सोच तथा योग आसन, समाज रुपान्तरणमा किशोरकिशोरीहरुको भूमिका, जीवनरक्षा सम्बन्धी प्रयोगात्मक अभ्यास, कल्चरल तथा कला प्रदर्शनी, यौनजन्य वृद्धि विकासको व्यवस्थापन, आत्मरक्षा सिपको व्यवहारिक अभ्यास, सफल नेतृत्व विकास सम्बन्धी कला, साइबर सुरक्षा तथा घरेलु हिंसा न्यूनीकरण, बाल अधिकारका आयामहरु, बाल बचाउ, संरक्षण र सहभागिता, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक विकासको सम्बन्धलगायत विषयहरुमा सहजीकरण भैरहेको छ ।
बिहीबार (हिजो) देखि सुरु भएको तीन दिने तालिम भोली शनिवारसम्म संचालन हुने आयोजकले जननाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच