
एजेन्सी । आइपीएल टिम मुम्बई इण्डियन्सका कप्तान हार्दिक पाण्डेयलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ । बिहीबार राति सम्पन्न पञ्जाव किंग्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण कप्तान पाण्डेयलाई १२ लाख जरिवाना गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ ।
कप्तान पाण्डेयले निर्धारित समयभित्र आफ्नो टिमको २० ओभर बलिङ पूरा गर्न नसकेपछि जरिवाना गरिएको हो । अब हार्दिकले फेरि यो गल्ती दोहोर्याएमा यसभन्दा ठूलो जरिवाना हुने बोर्डले जनाएको छ ।
यस सीजनमा स्लो ओभर रेटका लागि गुजरात टाइटन्सका कप्तान शुभमन गिल र दिल्लीका कप्तान ऋषव पन्तलाई पनि जरिवाना गरिसकिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच