नेपाली किसानका लागि वरदान साबित, कम लागतको शित भण्डार ‘कुलबट’

Read Time = 7 mins

लेखनाथ पोखरेल/हिटा
ललितपुर । शित भण्डार (कोल्ड स्टोर) अभावमा ग्रामीण क्षेत्रमा उत्पादित तरकारी तथा फलफूल बजारमा पुर्‍याउन नपाउँदै कुहिएर नष्ट हुने गरेको छ भने कुहिएर नष्ट हुने डरले अधिकांश किसान व्यापारीले तोकेकै न्यून मूल्यमा कृषि उपज बिक्री गर्न बाध्य छन् । जसका कारण किसानले लागत मूल्यसमेत पाउन सकेका छैनन् । त्यतिमात्र नभई अनियन्त्रितरूपमा भित्रिने भारतीय तरकारी तथा फलफूलसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा किसान मर्कामा पर्दै आएका छन् ।

यही अवस्थालाई मध्यनजर गर्दै नेपाल कृषि अनुसन्धान परिषद् (नार्र्क) अन्तर्गतको राष्ट्रिय वागवानी अनुसन्धान केन्द्रले प्रयोगमा ल्याएको प्रविधि जडित चिस्यान केन्द्र (कुलबट) निकै प्रभावकारी देखिएको छ । कुलबट एक अंकरहित तापक्रम नियन्त्रण गर्ने विद्युतीय यन्त्र हो । जसलाई एयर कन्डिसनमा जडान गर्दा एयर कन्डिसनले कायम गर्न सक्ने कम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसलाई अझ कम तापक्रम (०.५ डिग्री सेल्सियस) सम्म पानी नजम्ने गरी झार्न मद्दत गरी कोठा उल्लेखनीयरूपमा चिसो बनाउन सक्छ । कुलबटले एयर कन्डिसनरलाई कुशलतापूर्वक नियन्त्रण तथा हेरफेर गरेर कोठालाई साधारणतया तरकारी र फलफूल हेरेर भण्डारण गर्न आवश्यक चार डिग्री सेल्सियससम्मको तापक्रममा झार्न सक्ने केन्द्रका मुख्य वैज्ञानिक डा. सुरेन्द्रलाल श्रेष्ठले हिमालय टाइम्सलाई बताउनुभयो । श्रेष्ठका अनुसार कुलबटमा तीन प्रकारका सेन्सर जडान गरिएका हुन्छन्, जसले कोठाको तापक्रमलाई न्यून बनाउन मद्दत गर्छ । कुलबट जडित चिस्यान प्रविधि उच्चस्तरका अन्य व्यावसायिक शित भण्डारको तुलनामा ९० प्रतिशत कम लागतमा निर्माण गर्न सकिने पनि उहाँ बताउनुहुन्छ । ०७६ को बजार मूल्यअनुसार १२-१२-९ फिटको तयारी कोठामा उक्त प्रविधि जडान गर्दा दुई लाख ५० हजार रुपैयाँ लागेको थियो ।

विद्युत् कम खपत गर्ने र न्यून कार्बन उत्सर्जन गर्ने हुँदा कुलबट वातावरणमैत्रीसमेत रहेको श्रेष्ठको भनाइ छ । राष्ट्रिय बागवानी केन्द्रमा गरिएको परीक्षणमा ३.३ मिटर लम्बाइ, १.९३ मिटर चौडाइ र २.७५ मिटर उचाइको कोठामा १८ हजार विटियु/घण्टा वा १.५ टन क्षमताको एयर कन्डिसनर जडान गरेर बनाइएको कुलबट चिस्यान कक्षमा दैनिक ६ इकाईका दरले विद्युत् खपत भएको थियो । इन्सुलेसन नगरिएकोभन्दा गरिएको कोठाबाट उक्त प्रविधि प्रयोग गर्दा कम विद्युत् खपत भएको थियो ।

कुलबट जडित कक्षको सापेक्षित आद्र्रता प्रायः ताजा तरकारी र फलफूल भण्डारणका लागि दैनिक ६ इकाइका दरले विद्युत् खपत भएको थियो । इन्सुलेसन नगरिएकोभन्दा गरिएको कोठाबाट उक्त प्रविधि प्रयोग गर्दा कम विद्युत् खपत भएको थियो ।

कुलबट जडित कक्षको सापेक्षित आद्र्रता प्रायः ताजा तरकारी र फलफूल भण्डारणका लागि आवश्यकभन्दा कम हुने फलफूल र तरकारी चाँडै ओइलाउने वा चाउरिने हुन्छ । यस्तो समस्या समाधानका लागि कोठालाई थर्मल इन्सुलेसन फोइलले इन्सुलेसन गर्ने वा भिजेको जुटको बोरा बिछ्याएर बेला-बेलामा पानीले भिजाइरहनुपर्ने हुन्छ । आयातित इन्सुलेसन फोइल किसानका लागि महँगो पर्ने भएकाले परीक्षणपछि विकल्पमा किसानको घरमा सहजै उपलब्ध हुने जुटको बोरा उपयुक्त देखिएको पनि डा. श्रेष्ठले बताउनुभयो । उपजलाई चाहिने सापेक्षित आद्र्रता कायम गर्न एउटा मोबाइल एप पनि प्रयोग गर्न सकिन्छ । इन्सुलेसन नगरिएको अवस्थामा उपजलाई प्लास्टिक प्याकेजिङ प्रयोग गरेर भण्डारण गर्दा उपजको ताजापन कायम गर्न सकिने उहाँको भनाइ छ ।

कुलबट प्रविधि अमेरिकामा सन् २००६ मा विकास गरिएको हो । अमेरिकाको न्युयोर्क बस्ने रन खोस्ला नामक हरियो तरकारी र भुइँ एेंसेलु उत्पादन गर्ने किसानलाई आफ्ना उत्पादन छिट्टै बिग्रिने समस्याले सताएपछि उक्त प्रविधिको विकास गरेका थिए । आर्थिक अभावका कारण बढी लागतको चिस्यान कक्ष निर्माण गरी सञ्चालन गर्ने क्षमता नभएकै कारण ती किसान थोरै लागतको नवीन प्रविधिको खोजी गर्दै जाँदा कुलबटको आविष्कार गर्न पुगेका थिए ।

उक्त प्रविधि नेपाली किसानमैत्री रहेको बताइएको छ । साधारण किसानले पनि सजिलै सञ्चालन गर्न सक्ने, कम लागतमै फलफूल तरकारी भण्डारण गर्न सकिने, राम्रो बजार भाउ नपाउँदा उपज खेर नजाने, मौसमी फलफूल र तरकारी बेमौसमी समयमा पनि उपलब्ध हुने, फलफूल र तरकारीमा हुने पौष्टिक तत्व कायमै रहने, उपजले राम्रो मूल्य पाउने र उपभोक्ताले स्वस्थ र ताजा फलफूल तरकारी उपभोग गर्न पाउने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?