मलेसियाका मन्त्री दतुक चन्द्रागिरिमा

Read Time = 1 min

काठमाडौं । मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीले शनिबार चन्द्रागिरि हिल्सको भ्रमण गर्नुभएको छ । सो अवसरमा मन्त्री इस्मालीले एकीकृत पर्यटकीय पूर्वाधार चन्द्रागिरि हिल्स मलेसियाको पर्यटकीय पूर्वाधार ग्यान्टिङ हाइल्याण्डसँग मिल्दोजुल्दो रहेको भन्दै चन्द्रागिरि परियोजना अवलोकन भ्रमणपछि थप पर्यटकीय पूर्वाधार निर्माणमा नेपाललाई सफलताको शुभकामना दिनुभयो ।

यसैबीच मन्त्री नासुसनले मलेसिया जाने कामदारको स्वास्थ्य जाँच गर्ने स्वास्थ्य परीक्षण केन्द्र अनुगमन गर्नुभएको छ । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँगको भेटपछि उहाँले सिनामंगलस्थित अनमोल मेडिकल सेन्टरको अनुगमन गर्नुभएको हो । मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण विभिन्न ३६ स्वास्थ्य संस्थाले गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?