अक्षयको आगामी फिल्म सिधैं ओटीटीमा रिलिज हुने

Read Time = 2 mins

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको आउँने चलचित्र सिधैँ ओटीटीमा रिलिज हुनेभएको छ । अक्षय अभिनीत चलचित्र ‘मिशन सिन्ड्रेला’ ओटीटी प्लेटफर्म डिज्नेप्लस हटस्टारमा प्रिमियर हुने तयारी छ । रञ्जित एम तिवारी निर्देशित ‘मिशन सिन्ड्रेला’मा अक्षयसँगै राकुल प्रीत सिंह, गुरप्रीत सिंह, सर्गुन मेहतालगायतको अभिनय छ । फिल्मको बजेट १ सय ७५ करोड भनिएको छ । भारतीय मिडियाले फिल्मलाई डिज्नेप्लसले दुई सय करोड दिएको उल्लेख गरेको छ ।

यद्यपि पछिल्लो समय चलचित्रलाई सिरिजको रूपमा अगाडि ल्याउने खबरहरू आइरहेका छन् । पिंकभिल्लाको अनुसार चलचित्रलाई वेब सिरिजको रूपमा ल्याउन सकिनेछ । यद्यपि यसका लागि अक्षयले थप केही छायांकन गर्नुपर्ने छ । सिरिजको रूपमा ल्याउन अक्षयले अनुमति दिएमा यसको दोस्रो सिजनमा समेत उहाँले अभिनय गर्नुपर्ने हुन्छ ।

चलचित्रको क्लाइमेक्समा केही बदलाव गरेमा यसलाई एपिसोडमा बदल्न कठिन नहुने चलचित्रका सदस्यले पिंकभिल्लालाई बताएका छन् । यो वेब सिरिजमा परिणत भएमा अक्षयको वेब सिरिजमा डेब्यु हुनेछ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?