चेन्नईविरुद्ध लखनउको शानदार जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर जायन्ट्सले आठ विकेटको शानदार जित निकालेको छ।

लखनउको जितका लागि कप्तान केएल राहुल र क्विन्टन डि ककले अर्धशतक बनाए। चेन्नईले दिएको १७७ रनको लक्ष्य पछ्याएको लखनउले १९ औ ओभरमा मात्र २ विकेट गुमाएर १८० रन बनाउँदै शानादार जित निकालेको हो।

लखनउका कप्तान राहुलले सर्वाधिक ८२ रन बनाए। ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे। डि ककले ४३ बलमा ५ चौका र १ छक्कासहित ५४ रन बनाए।

निकोलस पुरन २३ र मार्कस स्टोइनिस ८ रनमा नटआउट रहे। चेन्नईका मुस्ताफिजुर रहमान र मथिहा पाथिरानाले १–१ विकेट लिए। १९ औ ओभर खेल्दासम्म चेन्नईका अन्य बलर चम्किन सकेनन्।

टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।चेन्नईका लागि महेन्द्रसिंह धोनीले ९ बलमा ३ चौका र २ छक्कासहित २८ रनको आक्रामक इनिङ्स खेले। अन्तिम ओभरमा धोनीले २ चौका र १ छक्कासहित १९ रन बनाएका थिए।

अजिंक्य रहाणे ३६, मोइन अली ३० र कप्तान ऋतुराज गायकवाड १६ रनमा आउट हुँदा रविन्द्र जडेजाले अर्धशतकीय इनिङ खेले। उनी ४० बलमा ५७ रन बनाउँदै नटआउट रहे।

लखनउका कृणाल पाण्ड्याले दुई विकेट लिए भने मोहसिन खान, यश ठाकुर, रवि बिश्वोई र मार्कस स्टोइनिसले एकएक विकेट हात पारे।

शुक्रबार राजितको जितसँगै लखनउ पाँचौँ स्थानमा उक्लिएको छ। ७ खेलबाट लखनउले ८ अंक जोडेको छ। समान ७ खेल खेलेको चेन्नाई ८ अंकसहित रनरेटको आरधामा तेस्रो स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?