सर्लाही । सर्लाहीसहित तराई क्षेत्रमा दिनानुदिन घाम चर्किदै गएको छ । टन्टलापुर घाम लागेर अत्यधिक गर्मी हुन थालेसँगै सर्वसाधारण प्रभावित बनिरहेका छन् ।
सर्लाहीमा आज पनि बिहानैदेखि चर्को घाम लागेर अत्यधिक गर्मी हुँदा यहाँको सडक, बजारमा मानिसको आउजाउ निकै पातलो देखिन्छ । चर्को घाम र गर्मीका कारण लालबन्दी, हरिवन, बागमती, बरहथवा, मलंगवा, बयलवास, हरिपुर, गोडैतासहित सम्पूर्ण हाटबजार सुनसान बनेका र व्यापार पनि निकै घटेको व्यापारीले बताएका छन् ।
तराई क्षेत्रमा यो वर्ष बैशाख लागेसँगै गर्मी ह्वात्तै बढेको हो । हिजोआज रातको समयमा पनि हपक्क गर्मी हुन थालेको छ । दिउँसोपख चर्को घामसँगै तातो हावा समेत चल्दा अत्यावश्यक काम परेर बाहिर निस्कनु पर्नेहरुसँगै मजदुर र किसान प्रभावित बनेका छन् । चर्को घाम र तातो हावाले यस क्षेत्रमा तापक्रम बढ्दो छ । आज मध्यान्ह ठीक १२ बजे सर्लाहीको तापक्रम ३७ डिग्री सेल्सीयस मापन भएको छ । गर्मी बढ्दै जाँदा मानिसमा गर्मीजन्य संक्रमण बढिरहेको चिकित्सकले बताएका छन् । उनीहरुले चर्को घाम लागेको समयमा सकेसम्म घरभित्रै बस्न, प्रशस्त पानी पिउन, शरीरलाई शित्तलता प्रदान गर्ने खानेकुरा खान, बाहिरी खानेकुरा सकभर नखान सुझाव दिएका छन् ।
चर्को गर्मी र टन्टलापुर घाम लागिरहँदा कच्ची सडकहरुमा धुलोले स्थानीय र यात्रु प्रभावित बनिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच