मध्य अफ्रिकी गणतन्त्रमा डुङ्गा डुब्दा १५ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । सेन्ट्रल अफ्रिकन रिपब्लिकको राजधानी बान्गुईको मपोको नदीमा डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । ओम्बेल्ला-म्पोको प्रान्तको बिम्बोको कम्युनमा रहेको मोकेलो गाउँतर्फ जाँदै गरेको एउटा डुङ्गामा ३ सय भन्दा बढी मानिस चढेका थिए ।

बालबालिका र महिलासहित धेरै घाइते छन् भने धेरै बेपत्ता छन् । नौसैनिक र जेंडरमेरी बलहरूले बेपत्ताको खोजी जारी राखेका छन् । प्रत्यक्षदर्शीका अनुसार डुंगा बढी मानिस चढेका कारण डुबेको हो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?