भोजपुर । आँखा रोगीको पहिचान गर्न भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिकाको वडा वडामा शिविर सुरु गरिएको छ ।
नेपाल नेत्रज्योती संघ आँखा अस्पताल तथा आँखा कान उपचार केन्द्र भोजपुरको आयोजना र टेम्केमैयुङ गाउँपालिकाको सहयोगमा पालिका भित्रका नौ वटै वडामा नि:शुल्क जाँच शिविर सुरु भएको हो । आर्थिक बिपन्नताका कारण आँखाका रोगीहरु उपचारका लागि अन्यत्र जान नसकि रहेको अवस्थामा गाउँ मै शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।
अध्यक्ष बस्नेतले भन्नुभयो, “उपचारका लागि अन्यत्र जान नसक्ने रोगीका लागि पालिकाले समन्वय गरेर वडा तहमा नै शिविर संचालन गरेको हो ।”
वडा तहबाट शल्यक्रियाका लागि छनौट भएका आँखा रोगीहरुका लागि भने आगामी बैशाख २३ र २४ गते टेम्केमैयुङ गाउँपालिकाको केन्द्रमा रहेको अन्नपूर्ण बागधन रणदिपा राई माध्यामिक बिद्यालयमा नेत्र बिशेषज्ञबाट आँखाको जाँच तथा शल्यक्रिया शिविर संचालन गरिने नेपाल नेत्र ज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख बिजय तामाङले जानकारी दिनुभयो । शिविरमा सिबिएम संस्थाले पनि सहयोग गरेको छ ।
वडा तहमा संचालन भएको आँखा परीक्षण शिविरबाट छनौट भएका बिरामीहरुको मोतियाबिन्दु तथा आँखामा मासु पलाएको समस्याको शल्यक्रिया गरिने छ । पालिकाको पाँच देखि नौसम्म वडाका बिरामी छनौट चरणका शिविरहरु संचालन भई सकेको आयोजकले जनाएको छ । बाँकी अन्य वडा शिविरहरु पनि नियमित हुने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच