
काठमाडौंं । सिजी मोटर्सले ७५ हजार हिरो मोटरसाइकल तथा स्कुटर उत्पादन गर्न सक्ने एसेम्बल प्लान्ट उद्घाटन गरेको छ । कम्पनीले नेपालमा ल्याएका चार मोडल एसेम्बल गर्नेछ ।
हिरो मोटोकर्पले विश्वव्यापी उत्पादन एक्सपल्स २०० फोरभी, सुपर स्पेन्डर, स्पेन्डर प्लस र जुम ११० नेपालमै एसेम्बलिङ सुरु गरेको छ । चार उत्पादनलाई नवलपरासीको सिजी इण्डस्ट्रियल पार्कस्थित अत्याधुनिक एसेम्बली सुविधामा स्थानीयरूपमै एसेम्बल गर्ने सिजी मोटर्सले जनाएको छ ।
प्लान्टमा प्रतिवर्ष ७५ हजार युनिट हुनेछ । हिरोको एसेम्बल प्लान्ट स्थापनासँगै नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउने र रोजगारीका अवसर सिर्जना गर्ने बताइएको छ । साथै कम्पनीले नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुतरूपमा विस्तार घोषणासमेत गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच