नवलपरासी । तराई क्षेत्रमा चल्ने तातो हावाहुरीले पश्चिम् नवलपरासीको जनजीवन प्रभावित बनेको छ । केही दिन यता दैनिक जसो नै तातो हावा चल्ने गरेको छ ।तातो हावा चलेसँगै आम नागरिकको दैनिक जीवनयापन समेत कठिनाई भएको छ ।
दिउँसो १ बजेदेखि ४-५ बजे सम्मनै तातो हावा चल्दा घरबाहिर निस्कने सक्ने अवस्थानै छैन । तातो हावाहुरीले पशु चौपायालाई समेत असहज भएको छ भने किसानका हिउँदेबाली समेत सुक्खा भएको छ ।लु जस्तै लामो समय सम्म दैनिक रुपमा तातो हावा चल्न थालेपछी मानिसहरू दिउँसो घरबाट निस्कन छाडेका छन् । तातो हावा चलेसँगै नाकबाट रगत आउने समस्याका केही बिरामीहरु आउन थालेको बर्दघाट स्थित चिसापानी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा।मन्जिला घिमिरेले बताउनु भयो ।
'अहिले तातो हावा चल्न थालेपछि नागबाट रगत बग्ने समस्या भएर केही ब्यक्तिहरु आउन थाल्नु भएको छ यसको उपाय नै हावासँग बच्ने हो' डा. घिमिरेले भन्नूभयो ।'तातो हावाले सुक्खा हुँदा शरीरमा पानीको मात्रा कम भएर 'डिहाईड्रेसन हुन्छ ।त्यसैले प्रसस्त मात्रामा पानी पिउनु पर्छ, लामाेबाहुले लुगा प्रयोग गर्नुपर्छ' डा. घिमिरेको सुझाव छ ।
तातोहावा-हुरी र धुलोसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम समेत बढेको छ ।केही दिन यता जिल्लामा आगलागी घटना समेत बढेका छन्। तातो हावाहुरीकै कारण मौसमी फल आँप, लिची र लहरे तरकारी खेती प्रभावित भएको छ।
'मैले मकै लगाएको अहिले सम्म राम्रो थियो दिनकै तातो हावाहुरीले बोट सुक्न थालेपछि दिन बिराएर पानी लाउनु परेको छ ।खेतमा जान सक्ने अवस्था पनि छैन' बर्दघाट १४ गङ्गाबस्तिका मिलन पाण्डेले भन्नुभयो ।
कामदारको दैनिकी झन निकै कष्टकर बनेको छ । तातो हावाहुरीले जिल्लामा गर्मी बढ्नाका साथै जेष्ठ नागरिक समेत निकै प्रभावित बनेका छन ।हावाहुरी चलेपछि बिद्युत लाईन काटिने समस्याले थप हैरानी बेहोर्नु परेको छ ।
लूकै कारण दिउँसो बाहिर हिँडडुल गर्न समस्या भएको छ । एक्कासी मौसम परिवर्तन भई तापक्रम बढ्दा बालबालिका बिरामी हुने जोखिम बढेको छ। हावाहुरीले उडाएको धुलाका कारण आँखाको समस्या हुने गरेको छ।बजार क्षेत्रमा समेत दिउँसो चहलपहल देखिन छाडेको छ ।
हरेक स्थानिय तहले बिपद कोष राखे पनि पुर्वतयारी र ठोस योजन ल्याउन भने सकेका छैनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच