नवलपरासी । पश्चिम नवलपरासीमा मेलमिलापकर्ताको भुमिका जनप्रतिनिधिले नबुझेको मेलमिलापकर्ताहरुले आरोप लगाएका छन् । बर्दघाट नगरपालिकाले सोमबार मेलमिलापकर्ताहरुको चौमासिक समिक्षामा बोल्दै मेलमिलापकर्ताहरुले मेलमिलापकर्ताको भुमिका जनप्रतिनिधिहरुले नबुझेको बताउनु भएको छ ।
बर्दघाट ९ का मेलमिलापकर्ता सयोजक राजु बिश्वाले वडामा मेलमिलापकर्ता नै नचाइएको बताउनु भयो । 'अधिकाश उजुरीहरु वडामा आउछन वडामा आएका उजुरीहरु वडा जनप्रतिनिधिहरुले आफू अनुकुल निर्णय गरेर मिलाउने गरेका छन । यस्तो अवस्थामा कहाँ र किन मेलमिलाप कर्ता चाहियो ? प्रश्न गर्दै बिश्वाले भन्नुभयो । 'नगरले बनाएको मेलमिलापकर्तालाई वडा ले नै चिन्दैन र वडाले भुमिका नै दिदैन यस्तो खालको मेलमिलाप कर्ता नगरमा नै नचाहिएको हो जस्तो छ ।' बिश्वाले भन्नुभयो ।
जनप्रतिनिधिले सत्ता र शक्तिका आधारमा निवेदन लिने र बोलाउने गरेको बर्दघाट १० कि मेलमिलापकर्ता सुशीला पौडेलले बताउनु भयो । 'अधिकाश जनप्रतिनिधिले मेलमिलापकर्ताले गर्ने काम बुझेका छैनन् । यस बिषयमा जनप्रतिनिधिहरुलाई नै तालिम दिनु पर्ने आवश्यकता रहेको छ ।' पौडेलले भन्नुभयो ।
बर्दघाट ३ का मेलमिलापकर्ता राम प्रसाद न्यौपानेले उजुरी वडामा नै दर्ता हुने अवस्था मिलाउनु पर्ने बताउनु भयो । 'अहिलेको समिक्षा चौथो रे १ पहिलो, दोस्रो र तेस्रो मासिक कता गयो । कहिले कसैले पनि खबर गरेन किन ? न्यौपानेले प्रश्न गर्नु भयो ।
बर्दघाट ४ का सिद्दीबिलास हमालले बिगत भन्दा अहिले प्रक्रिया राम्रो भएको बताउनु भयो । हमाल भन्नुहुन्छ 'बिगत भन्दा अहिले राम्रो छ तर वडा र अहिलेका वडा अध्यक्ष र वडा सदस्यले नै कुनै पनि समन्वय गरेको छैन । नगर समन्वय समिति सयोजक र प्रमुख प्रशासकिय अधिकृतले नै समय नदिने अनि समिक्षा बोलाउने ।'
वडा स्तरीय मेलमिलापकर्ताहरुको सयोजकले अरु मेलमिलापकर्ताहरुलाई फोन गर्नु पर्ने र समय समयमा बैठक सञ्चालन गर्नु पर्ने जसका लागी नगरले कुनै वस्ता नगरेको हमालले उल्लेख गर्नु भयो ।
बर्दघाट ८ का मेलमिलापकर्ता झमन बहादुर आलेले नगरलेको समन्त्रले नै मेलमिलापको बिषय नै नबुझेको बताउनु भयो । 'गत बर्ष नगरले ७ दिनको तालिम दियो तर जुन पुर्ण भएन अरु थप २१ दिनको तालिम चाहिने मा अहिले सम्म तालिम नै दिन सकेको छैन ।' आलेले भन्नुभयो । नगरलाइ दक्ष र तालिम प्राप्त मेलमिलाप चाहिएको भए तालिम पूरा गराउनु पर्यो नचाहिएको हो भने किन ७ दिनको तालिम दिएर खर्च गरेको रुू आलेले भन्नुभयो ।
मेलमिलापकर्ताहरुको तर्फबाट बोल्दै बर्दघाट ११ का कृष्ण राम उपाध्याय, वडा नम्बर ७ का प्रकाश श्रेष्ठ, १४ कि उमा अधिकारी, १ का राजेस बिश्वकर्मा चित्रकला न्यौपाने लगायतले बोल्दै नगरका कार्यपालिका सदस्य, वडा अध्यक्ष र वडा सदस्यले मेलमिलापकर्ताको भुमिका नबुझेको बताउनु भयो ।
बर्दघाट नगर उपप्रमुख एब न्यायीक समिति सयोजक रुद्र प्रकाश उपाध्यायले जनप्रतिनिधिले मेलमिलापकर्ताको भुमिका नबुझेको बताउनु भयो । ' अहिले पनि कतिपय वडा अध्यक्ष र जनप्रतिनिधिले कति बिषयमा हामी मिलायौ भनेर पठाउनु हुन्छ जुन नगरमा दर्ता पनि हुदैन । अहिले हामीले वडा अध्यक्ष र वडा सदस्यलाई बुझाउन सकिएको छैन ।' उपाध्यायले बताउनु भयो । मेलमिलापकर्ता र न्याय सम्पादकको सिलसिलामा जनप्रतिनिधिहरुले कम प्राथमिकता दिएको न्यायीक समिति सयोजक उपाध्यायको भनाइ छ ।
जनप्रतिनिधि र मेलमिलापकर्ताहरु समन्वयको अभाव देखीएको न्यायीक समिति शाखा प्रमुखले जमुना सुबेदीले बताउनु भयो ।' अहिले मेलमिलापकर्ताले गर्ने काम वडामा रहनु भएका जनप्रतिनिधिहरुलाई जानकारी दिनु पर्ने आवश्यकता रहेको छ ।' सुबेदीले भन्नुभयो ।
बर्दघाट नगरपालिका भित्र रहेका ९७ जना मेलमिलापकर्ताहरु मध्ये ३४ जना मात्रै उपस्तिथि रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच