भोजपुर । भोजपुरमा भएको आगलागीबाट करिव ४२ लाख बरावरको क्षति भएको छ ।
भोजपुर नगरपालिका वडा नम्वर ८, पोखरेका भरत कार्कीको १० कोठाको घरमा मंगलवार बिहानबाट लागेको आगोले घर सहित भित्र रहेका सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक बिशाल लिम्बुले जानकारी दिनुभयो । बिहान आठ बजेबाट सुरु भएको आगलागी डेढ घण्टा पछि नियन्त्रणमा आएको थियो ।
ढुङगा, माटो, काठ र टिनको छानोले बनेको दुई तले घरमा अचानक आगलागी हुदाँ घर भाडामा बसेका ब्यक्तिहरुको नगद, गरगहना, मोवाइल, कपडा, फर्निचारका सामाग्रीहरु, भाडा वर्तन लगायतले जलेर नष्ट भएको प्रहरी निरीक्षक लिम्बुले बताउनुभयो । घरमा भाडामा बस्ने मानबहादुर राई, अस्मिता राई, जस कुमारी राई, सुनिल ऋसिदेवका सामाग्रीहरु जलेको प्रहरीले जनाएको छ ।
आगलागीबाट घर, नगद चार लाख ५० हजार, सुन १३ तोला, चाँदी १० तोला, एलइडी टिभी दुई थान, मोवाइल दुई थान, फर्निचर, लत्ताकपडा, चामल, भाडा वर्तन लगायतका सामाग्रीहरु जल्दा ४२ लाख वरावरको क्षति भएको प्रारम्भिक बिवरण आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लिम्बुले जानकारी दिनुभयो । आगलागीको कारण भने खुल्न सकेको छैन ।
कार्कीको घरमा लागेको आगो भोजपुर नगरपालिको दमकल, नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच