![विकास बैंक संघको सिइओमा मन्जिला](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/biksh-bank-assion-ceo.jpg)
काठमाडौं । लगानी सम्मेलनको पूर्व सन्ध्यामा लगानी प्रवद्र्धनका लागि सरकारले १२ कानुन र नियमावलीमा अध्यादेशमार्फत् संशोधन गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमात्रै विदेशी लगानी आइरहेका सन्दर्भमा महासंघको आग्रहमा गरिएको सुधारले लगानीको वातावरण बन्ने महासंघको भनाइ छ । महासंघका अनुसार लगानी सम्मेलन लक्षित गरी निजी क्षेत्रको आग्रहमा सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६, वन ऐन, भूमिसम्बन्धी ऐनलगायतका कानुनमा संशोधन गरेको छ । नयाँ व्यवस्थाले वातावरणीय प्रभाव मूल्यांकन, हदबन्दीलगायतका विषय सम्बोधन गरेको छ ।
लगानी सम्मेलनको पूर्व सन्ध्यामा लगानी प्रवद्र्धनका लागि सरकारले १२ कानुन र नियमावलीमा अध्यादेशमार्पmत् संशोधन गरेकोमा महासंघले स्वागत गरेको छ ।
महासंघको पहलमा नियमावली बनाई स्टार्टअपको परिभाषा दिने विषय पनि केही नेपाल ऐन संशोधनमा परेको भन्दै महासंघले खुसी व्यक्त गरेको छ । यसअघि परिभाषाको अभावमा स्टार्टअपलाई सुविधा दिन सकिएको थिएन । महासंघले नै नियमावलीमार्पmत् परिभाषा खोजे पनि यसपटक सिधै ऐनबाट सम्बोधन हुनु सकारात्मक रहेको बताइएको छ ।
प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव एकनारायण अर्यालको संयोकत्वमा गठित नीतिगत सुधार कार्यदलको सुझावअनुरूप ऐन नियममा संशोधन भएको हो । जसमा महासंघको सक्रिय सहभागिता थियो ।
अध्यादेशबाट पारित कानुनी व्यवस्था संसद्ले पनि अनुमोदन गर्ने र संशोधित कानुन कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै महासंघले पछिल्लो नीतिगत सुधार दोस्रो पुस्ताको सुधारका लागि प्रस्थानबिन्दु भएको जनाएको छ ।
नेपाल र रुसबीच लगानी प्रवद्र्धनमा जोड
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गरी व्यापार तथा लगानी सहकार्यलाई सुदृढ गर्न महत्वपूर्ण रहेको बताउनुभएको छ । महासंघ र रुसी संघको उद्योग वाणिज्य संघबीच मंगलबार महासंघ सचिवालयमा भएको भेटवार्तामा उहाँले यस्तो बताउनुभएको हो । रुसी संघको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजको प्रतिनिधिमण्डलको नेतृत्व अध्यक्ष सर्गेई कातरिनले गर्नुभएको थियो ।
भेटमा ढकालले महासंघ स्थापनादेखि नै द्विपक्षीय व्यापारिक सम्पर्क र अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई अघि बढाउने र सहजीकरण गर्दै आएको बताउनुभयो । महासंघ र रुसी संघको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजबीच २०११ जुलाई २५ मा मस्कोमा सहयोग सम्झौतामा हस्ताक्षर गरी औपचारिक सम्बन्ध स्थापना भएको १३ वर्ष पूरा भएको उहाँले बताउनुभयो । ढकालले दुर्ई देशबीचको कूटनीतिक सम्बन्धको लामो इतिहासबारे चर्चा गर्दै तत्कालीन सोभियत संघले नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्याएको र नेपालको आधुनिकीकरणको प्रक्रियालाई तीव्रता दिन योगदान दिएको बताउनुभयो । रुसी प्रतिनिधिमण्डललाई नेपालमा लगानीको प्रचुर सम्भावना रहेको भन्दै सहकार्यले नेपाली व्यवसायीलाई आफ्ना उत्पादन र सेवा रुसका बजारमा निर्यात गर्न मद्दत गर्न सक्ने ढकालले बताउनुभयो ।
यसैबीच उहाँले रुसी प्रतिनिधिमण्डललाई नेपालमा लगानीको राम्रो वातावरण बनाउन सरकारले १२ वटा ऐन नियम परिमार्जन गरेको, द्विपक्षीय लगानी सम्झौताको रूपरेखा पनि तयार गरिसकेको भन्दै बहुमूल्य अवसर सदुपयोग गर्न र आपसी हितका लागि आकर्षक क्षेत्रमा लगानी गर्न रुसी व्यवसायीलाई आग्रह गर्नुभयो ।
नेपालमा लगानीका लागि सम्भावित क्षेत्र पर्यटन र पर्यटन पूर्वाधार, कृषि प्रशोधन, जलविद्युत् आयोजना तथा पूर्वाधार, आइसिटी, उत्पादनमूलक क्षेत्रमात्रै रहेको पनि उहाँले जानकारी गराउनुभयो ।
मन्त्री पद पाउनुभएका रुसी संघको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजका अध्यक्ष सर्गेई काटिरिनले रुसी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको भन्दै थप रुसी व्यवसायीलाई नेपालमा लगानीका अवसरबारे जानकारी गराउन पहल गर्ने आश्वासन दिनुभयो । कार्यक्रममा सेन्ट-पिटर्सबर्गको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिज र लिपेटस्क क्षेत्रको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजले पनि प्रस्तुति दिएका थिए । महासंघका महानिर्देशक गोकर्ण अवस्थीले रुसी प्रतिनिधिमण्डललाई महासंघले नेपालको व्यापारिक वातावरण सुधार गर्न चालेका पहलबारेमा जानकारी गराउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच