काठमाडौं । एपिएफ क्लव र न्यु डायमण्ड स्पोटर््स क्लबले सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा एपिएफले नेपाल पुलिस क्लब र न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३-१ को समान सेटमा हराउँदै जित निकालेका हुन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा चार टोलीले मात्र प्रतिस्पर्धा गरेको प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा हुँदैछ । पहिलो खेलमा न्यु डायमण्डले २५-१२, २५-१५, १७-२५ र २५-२१ ले हरायो । दोस्रो खेलमा एपिएफले पनि विभागीय प्रतिद्वन्द्वी पुलिसलाई २५-२१, २५-२२, २५-१७ र २५-१५ ले हराउँदै सुखद सुरुवात गरेको हो ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य-सचिव टंकलाल घिसिङले उद्घाटन गर्नुभएको थियो । उद्घाटनका अवसरमा पुलिसकी खेलाडी पुनम चन्द नगदसहित ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित हुनुभयो । राखेपका सदस्य-सचिव घिसिङले उहाँलाई सम्मान गर्नुभएको हो ।
राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टिम फाइनलमा प्रवेश गर्नेछन् । चारै टिमले नगद पुरस्कार पाउनेछन् । विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार जित्नेछन् । तेस्रो हुने टोलीले एक लाख २५ हजार तथा चौथोले ६२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच